
बाँके । जनता उठान गर्ने व्यक्तिमा आफू अग्रपंक्तिमा रहेको दाबी गर्दै नेता सुर्य ढकालले आफ्नो पद र प्रतिष्ठाअनुसार प्रभावकारी काम गर्न सफल भएको बताएका छन् । उनले वर्तमान नेताहरूका छोराछोरी विदेशमा बस्ने र पुराना दलहरूले सत्ता दुरुपयोग गरेको आरोप लगाए ।
ढकालले नेकपा एमालेले विभिन्न समुदायका पछाडि परेका व्यक्तिहरूलाई मूलधारमा ल्याएको उल्लेख गर्दै नयाँ भनिने केही शक्तिहरूले महँगा गाडी चढेर स्रोत नखुलाएको भन्दै प्रश्न उठाए । ‘जनतालाई भ्रमित पारेर देशलाई गलत दिशातर्फ लैजाने प्रयास भइरहेको छ,’ उनले भने ।
मतदातालाई सन्देश दिंदै ढकालले इमान्दार, जनताको बीचमा सजिलै पुग्न सक्ने र काम गराउन सक्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । आगामी पाँच वर्ष आफू एमालेमै रहने स्पष्ट अडान व्यक्त गर्दै उनले अवसरवाद नगर्ने बताए ।
विकासका सवालमा बाँके जिल्लामा सडक, बिजुली, खानेपानी र विद्यालय विस्तार भएको उल्लेख गर्दै ढकालले लामो राजनीतिक अनुभव र संघर्षका आधारमा फेरि अधुरा सपना पूरा गर्न चुनावी मैदानमा उत्रिएको बताए । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्तिपूर्ण समाज परिवर्तन नै आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस