आज: २०८३ बैशाख ७, सोमबार | Mon, 20, Apr, 2026

मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल


  • आक्रमण न्युज
  • २०८० आश्विन १३, शनिबार मा प्रकाशित २ साल अघि
  • १५३१ पाठक संख्या
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छन् ।

    ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइन् ।
    “ललितपुरको कला र संस्कृतिको विकास तथा पर्यटन प्रवद्र्धन गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्छ”, मन्त्री भुसालले भनिन्, “पर्यावरण संरक्षण गर्दै स्वच्छ वातावरण प्रवद्र्धन गर्नुपर्छ, पछाडि परेका महिला, आदिवासी जनजाति तथा बालबालिकालाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ, तबमात्र समृद्धि हासिल हुन्छ ।”

    ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका उनले भनिन्, “हरेक घरघरमा अर्ध बेरोजगारको अवस्था छ, स्रोत साधन र सम्पदालाई एकै ठाउँमा राखेर मुलुकलाई सम्पन्न बनाउनुपर्छ, बेरोजगारको समस्या समाधान गर्नुपर्छ ।” नेपालको संविधान बमोजिम प्रतिनिधिसभा सदस्यका लागि आवश्यक योग्यता पुगेका नागरिकलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने व्यवस्था गरेकाले आफूले गएका तीनवटा निर्वाचन ललितपुरबाट नै सहभागी भएको मन्त्री भुसालले जानकारी गराइन् ।

    “विगत ४० वर्षदेखि म ललितपुरबाटै सक्रिय राजनीति गरिरहेको छु”, उनले भनिन्, “यससम्बन्धमा कोही पनि भ्रममा पर्न जरुरी छैन ।” गणतन्त्र र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन बनेको जनाउँदै मन्त्री भुसालले मुलुकको स्थायित्वका लागि देशव्यापी रुपमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सङ्कल्प पूरा गर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट