आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भगवान बुद्ध र विपश्यना : एक चर्चा


  • आक्रमण न्युज
  • २०८१ पौष ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५२७ पाठक संख्या
  • पौष ११, २०८१ / प्रभातराज पाण्डे

    असङख्यकालसम्म आनन्दमा मनुष्य जिवन विताएपछि त्यस्तो व्यक्तिलाई योग्य कल्याण मित्र भेटिए पनि पहिलाको स्वभावका कारण विपश्यनामा लाग्ने ईच्छा हुदैन र लागे ता पनि बुझ्न सक्दैन । त्यस्तै पूर्वजन्ममा लागुपदार्थ खाएर अति मनोरञ्जनमा डुवेका व्यक्तिहरुले पनि योग्य, कल्याण गर्ने मित्र भेट्टाए पनि विपश्यना सुन्न चाहदैन, बझ्न पनि सक्दैन । पुर्व पुण्य, कर्म जति बढि छ त्यतिनै मनुष्य विपश्यना प्रति आकर्षित हुन्छ र प्रगति पनि गर्दछ । सथै आफ्नो मनुष्य जिवनको सार्थकता बुझी अरुको पनि कल्याणको कारण बन्दछ । त्यसैले विपश्यनाका माध्ययमबाट आफ्नो पुण्य निरन्तर बढाउँदै योग्य, कल्याण मित्रहरुको संगत गरि मिथ्यादृष्टीमा परेका अज्ञानी, मुर्खदेखि टाढा रहन विपश्यनाले सिकाउँदछ ।
    भगवान बुद्धको प्रथम शासनकाल पछि उँहाको कल्याणी शिक्षा विपश्यना भारतमा फर्केको हो र भारतका मानिसहरुले यो विद्यालाई सर्हष स्वीकारेका थिए । त्यसपछि यो विद्या सारा विश्वमा फैलिएको थियो । पुज्य गुरुदेव सयाजी ऊ वा खिनको प्रवल धर्म कामना अनुसार भारतमा विपश्यना सिकाएपछि विश्वका अन्य देशमा गएर यसको प्रचारप्रसार गर्ने मनशाय आर्चाय गुरु सत्यनारायण गोयनकाको थियो, तर पासपोर्टले बाधा गरेको कारण उहाँ भारत छोडेर अरु देश जान सक्नु भएन । त्यस्तै, पुज्य गुरुदेव सयाजी ऊ वा खिनको आदेश अनुसार आचार्य गुरु सत्यनारायण गोयनकाले भारतमा दश वर्षसम्म धर्म सेवा गरेपछि विश्वको अन्य देशहरुमा धर्मचारीकाका लागि निस्कने उद्देश्य थियो, तर यो सम्भव हुने नदेखेर गोयनका गुरुले आफ्नो नागरिकता बदलेर भारतिय नागरिकता लिई भारत सरकारबाट भारतिय पासपोर्ट प्राप्त गरी धर्मचारीकाको रुपमा विभिन्न देशहरुको भ्रमण गर्नुभएको तथ्य यहाँ उल्लेख गर्नु जरुरी छ ।
    भगवान बुद्धको शिक्षालाई बौद्धधर्म र उहाँको अनुयायीहरुलाई बौद्ध भनेर पछि मात्र जोडिएको हो । त्यसबाट भगवान बुद्धको महान शिक्षा विपश्यनालाई हल्का बनाई दियो । भगवान बुद्धको विपश्यनाको शिक्षा साच्चै महान छ, किनभने विपश्यना सार्वजनिक, सार्वदेशिक, सार्वकालिक छ । जव विपश्यनालाई बौद्धधर्म सित जोड्न थालियो तव यो सम्प्रदायवादी भयो र संकुचित भएर केवल एउटा सम्प्रदायमा मात्र सिमित रहन गयो । भगवान बुद्धले जुन सार्वजनिक धर्म विपश्यना सिकाउनु भयो, त्यसले शील, समाधि र प्रज्ञाको आठ अंग भएको मार्ग अनार्यलाई आर्य बनाई अधार्मिकलाई धार्मिक बनाई दियो । यस्तो पुण्य मार्ग विपश्यनामा लागेमा सवैको मगंल, भलाई र कल्याण हुन्छ, अर्थात् शील, समाधि, प्रज्ञाको धर्म, विपश्यनाप्रति कुनै एक सम्प्रदायको मनोमालिन्य हुन सक्दैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट