
नेपाल गणित समाज केन्द्र र यसको बाग्मती प्रदेश कमिटिको आयोजना र निक सिमोन्स फाउन्डेसनको आँशिक सहयोगमा सञ्चालित समुदाय देखि समुदायसम्म ( एस टु एस ) अन्तर्गत बाग्मति प्रदेश भित्रका कक्षा ९ देखि १२ सम्म अध्यापन गराउनुहुने ६१ जना शिक्षकहरुको उपस्थितिमा बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूको प्रतिनिधि गर्ने शिक्षकहरूलाई तालिम कार्यक्रम भौतिक रूपमा सञ्चालन गर्नका लागि बागमती प्रदेशमा रहेका विभिन्न शैक्षिक क्षेत्रमा कार्यरत संघसंस्थाहरूको आर्थिक सहयोगमा भौतिक उपस्थितिमा चितवनकाे सौराहामा आरम्भ भएकाे छ । नेपाल गणित समाजका केन्द्रीय अध्यक्ष सह- प्रघ्यापक डा . श्रीराम खड्काको अध्यक्षता र बाग्मती प्रदेश कमिटि सभापति सह – प्राध्यापक राजा राम आचार्यको सह अध्यक्षतामा चितवनको सौराहामा उद्घाटन गरिएको हाे । कार्यक्रमको प्रमुख अतिथि कृषि तथा वनविज्ञान विश्वविद्यालयका रजिष्टार प्रा डा. पुस्करबहादुर पाल रहनु भएको थियो । कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सचिव डा . रमेश गौतमले गर्नुभएको थियो । कार्यक्रमको शुरुमा स्वागत मन्तव्य राख्दै समाजका उप सभापति सह – प्राध्यापक डा. परमेश्वरी कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो। उद्घाटन सत्रमा अतिथिको रुपमा गणित केन्द्रिय विभाग , त्रि. वि . का विभागिय प्रमुख तथा नेपाल गणित समाजका पूर्व सभापति प्रा. डा. चेत राज भट्ट , बिरेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. प्रेम सागर भण्डारी , नेपाल फिजिकल सोसाइटी बाग्मति प्रदेश कमिटि अध्यक्ष प्रा. डा. हरिहर पौडेल , नेपाल केमिकल सोसाइटी बाग्मति प्रदेश कमिटि अध्यक्ष डा. गगां राज पोखरेल , प्यापसन चितवनका अध्यक्ष मदन पुरी , हिसान चितवनका अध्यक्ष दिपेन्द्र ढकाल , सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टर का अध्यक्ष वाइ. वि .पौडेल , नेपाल पोलिटेक्निकल इन्स्टिच्युटका दिपक ढकाल हुनुहुन्थ्यो । कार्यक्रममा बोल्ने आदरणिय व्यक्तित्वहरुले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि गणित विषयको शिक्षण सिकाइको स्तरोन्नति आवश्यक रहेको र यस्का लागि गणित समाजले गरिरहेका हरेक कार्यक्रमहरु र प्रयासहरु अत्यावश्यक र प्रभावकारि बन्दै गएको धारणा राख्नुभयो ।
कार्यक्रमको समापनमा बोल्दै समाजका सभापति डा. खड्काले गणित समाजले गणित शिक्षणको सहजिकरण र प्रभावकारिताका लागि सबै सम्बन्धित निकाय संग सहकार्य गर्न खोजेकोले यो निस्वार्थ समाज सेवामा हातेमालो गर्न निवेदन गर्नु भयो।
कार्यकमको भर्चुअल रूप बैशाख १७ गते देखि २४ गते सम्म विभिन्न विश्वविद्यालय र प्रतिष्ठित शैक्षिक संस्थामा आबद्ध व्यक्तित्वहरुको सहजिकरणमा सम्पन्न भएको थियो । भौतिक रूपको कार्यक्रम २७ गते देखि २९ गते सम्म ३ दिन चल्ने छ । कार्यक्रममा विद्यालय तहको गणित विषयको पाठ्यवस्तुहरुलाई विभिन्न समूहमा बाँडेर छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस