
पौष १६, २०८१ / होमनाथ न्यौपाने
भरतपुर । शान्ती प्रक्रिया पछिका हरेक सरकारका प्रधानमन्त्री र नेताहरुले गर्ने भाषण भनेको सरकार ठिक छ , राम्रो काम भैरहेको छ,देशले फड्को मारिसक्यो, विकासले गति लियो, अर्थतन्त्रमा सुधार भएको छ….आदि इत्यादि । शान्ति प्रक्रिया पछि दर्जनौ सरकार फेरिए। कहिले एकल त कहिले सयुक्त सरकार बने ,कुरा र भाषण उहि , प्रतिपक्षमा रहदा विरोध र सरकारमा रहदा ठिक,सरकार वाहिर बस्दा बेठीक।यति सम्मकी आज सरकारमा रहदा सबै राम्रो राति सरकार परिवर्तन भयो र भोलि पल्ट प्रतिपक्षमा पुग्दा सवै बेठीक,आम नेपालीले भोगेको र बेहोरेको समस्या हो यो।तर सरकार टिकाउन गरिएको भाषण र वास्तविकता फरक छ। देशको शासन सत्ता सन्चालन गर्ने प्रमुख तिन दल कांग्रेस,एमाले,एमाओवादी नै छन्। आलोपालो सरकारमा सत्तासिन छन्। राम्रो नराम्रो जस यि नै दललाइ नै जान्छ। सरकारले सबै राम्रो भनिरहँदा आम नागरिकको आशा भने टुटेको छ। सामाजिक जीवन ध्वस्त भएको छ। राजनीतिक संस्कार विग्रिएको छ। नागरिकको क्रय शक्ति घटेको छ। गाउँ रित्तीसकेको छ भने शहर पनि रित्तीन शुरु भैसकेको छ।
पछिल्ला केही समय कामको शिलशिलामा केहि प्रमुख शहरहरु भ्रमण गरेको थिएँ। बजारका व्यापारीक सटरहरुमा खालि छन्। पसल विक्रीमा छ भनेर वोड तथा कागजमा लेखेर टासिएका थिए। केही नलेखेका सटरहरु पनि केही वन्द थिए।खुलेका सटरमा पनि ग्राहक सुन्य थिए। यसले देशको आर्थिक स्थिती गम्भीर सकट उन्मुख छ भन्ने प्रस्ट पार्छ।अझ
# गाउँ प्रायः रित्तिएक छन् ।
# गाउँका विद्यालय केहि वन्द भैसकेका रहेछन् भने केहि मर्जरमा गएका छन्।
# कृषि उत्पादन छैन, खेतवारी वाझै छन्।
# गाउँमा मलामि पाउन गाह्रो रहेछ।
# चाडपर्वको महत्व घटेको छ, सस्कृति लोप हुंदै गएको छ।
# विकास निर्माणका कामले गति लिन छोडेको छ।
उता शहर तिर
# उधोगहरु प्राय वन्द भैसकेका छन्।
# वेरोजगारी हुनेको संख्या बढेको बढ्यै छ।
# व्यापारघाटा अत्याधिक छ।
# बैंकहरुको नाफा खरबौ छ व्यापारी टाट पल्टिएको छ।
# सरकारि निति निजिमुखि छैन।
# सरकारि निकायबाट निजि स्तरमा सन्चालित
उधोगलाइ एक पैसाको सहुलियत छैन।कर मात्र असुली गरिरहेको छ।
#वैकमा पैसा छ व्यापारीले पाउदैन।
# सरकारले निमार्ण कार्य सक्दा पनि निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन।
#मंहगी अति छ।
सरकारका अर्थमन्त्री आर्थिक अवस्था लयमा
फर्कदै छ भनेर दावी गर्छन्।कति वर्ष लाग्ने रहेछ लयमा फर्कन।
अर्को तर्फ कोहि ब्यवसाय नै बेचेर छटपटाइरहेका छन्।कोही चलिरहेको ब्यवसाय नै सटर भाडा तिर्न नसक्दा बन्द गरेर बिदेश हिडहिडेका छन् । सरकार कर उठाउन मात्रै प्रयासरत छ, बैंक ब्याज र किस्ता उठाउन लागिपरेकाे छ, घरबेटी घरभाडा उठाउन ताकेता गर्छ। अधिकांश स्थानिय सरकारमा छोटे राजाहरुको विगविगी छ। प्राय सबै युवा बिदेश नै जान प्रयासरत छ, कलेज र स्कुलमा विद्यार्थीको संख्या कमी हुँदै जाँदा कलेज नै बन्द हुने अवस्थामा छ तर पनि सरकार केहि भएको छैन भन्छ । सरकारि विध्यालयमा कयौं पटक विज्ञापन गर्दा पनि शिक्षक पाउन मुस्किल छ। सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, वैदेशिक सवै अवस्था भद्रगोल छ। अझै पनि सरकार सवै ठिक छ भन्छ। बेठीक हुदा चाहिँ कस्तो हुनेहोला।
जय देश।

प्रतिक्रिया दिनुहोस