आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेपाली राजनीतिमा सपनाको पुल बाँध्ने नेताको कमी छैन


  • आक्रमण न्युज
  • २०८१ पौष २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५६५ पाठक संख्या
  • पौष २५, २०८१ / प्रभातराज पाण्डे

    राजनीतिक नेताबारे एउटा चर्चित भनाइ छ, ‘राजनीतिज्ञ सबैतिर उस्तै छन्, जो खोला नभएको ठाउँमा पुल बनाउने वाचा गर्छन् ।’ नेपाली राजनीतिमा पनि सपनाको पुल बाँध्ने नेताको कमी छैन । तर, व्यवहारमा ती सपना कोरा आश्वासनमा सीमित भएका छन् । नयाँ गठबन्धन बनेपछि ‘केही भइहाल्छ कि’ भनेर झिनो आशा पाल्ने स्वजनहरूका लागि खबर सुखद छैन । कारण, यहाँ पनि ‘खोला नभएको ठाउँमा पुलको वाचा गर्ने’ उही प्रवृत्ति हाबी छ । सत्तारूढ गठबन्धनका पुराना र नयाँ नेताले चर्को स्वरमा जेजे वाचा गरे पनि वास्तविकता यही हो कि, राजनीति गणितकै गोलचक्करमा फसेको छ । राजनीति गणितबाट उठेर सामाजिक विज्ञानको विषय नबन्दासम्म हुने यही हो । राजनीतिक दल र यसका प्रमुख पात्रहरू, के सत्तापक्ष के प्रतिपक्ष सबैमा अवसरवाद हाबी छ । सैद्धान्तिक र राजनीतिक अन्तर्विरोध र डिस्कोर्स टाढाका विषय बनेका छन् । राजनीति पद र व्यक्ति केन्द्रित विवाद, प्रतिष्ठाको लडाइँको विषय बन्दै गएको छ ।
    लोकतन्त्रको संवर्द्धन र सुदृढीकरणका लागि रचनात्मक पहल अरू दलले पनि गर्नुपर्छ । दोस्रो ठूलो दल एमाले यसमा कति खरो उत्रिन सकेको छ, एकैछिन उसका भूमिका नियालौं । एमालेका ‘ब्रान्ड’ अध्यक्ष ओली हुन् । उनका कर्म र अभिव्यक्तिले एमालेको भाग्य र भविष्य निर्धारण गर्छ । एमालेजनको ओलीमाथिको निर्भरता यही तहमा छ । जसको सुविधा उनले लिइरहेका छन् । विपक्षी दल कांग्रेसप्रति कडा कटाक्ष गरे पनि समग्रमा ओलीको यसबीचको प्रस्तुतिमा आश्चर्यजनक बदलाव आएको छ । तर, यो उनको रणनीतिक ‘मुभ’ हो वा कार्यशैली र व्यवहारमा आएको परिवर्तन रु निर्क्योल निकाल्न सायद हतारो हुन्छ । गणितीय राजनीतिक भुमरीमा परेको अहिलेको राजनीतिलाई स्थिर र उत्पादक बनाउन एमालेको महत्त्वपूर्ण भूमिका छ । त्यसमा ओलीका आगामी कदम के कस्ता हुनेछन्, त्यसमा सत्तारूढ गठबन्धनका प्रस्तुति र भूमिका निर्धारण हुन्छन् ।
    राजनीतिक वृत्तले विद्रोहलाई स्वीकारेपछि वार्तामार्फत माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीको हिंसाको राजनीतिले १७ हजार नेपाली नागरिकको ज्यान लियो । जसमा माओवादीका लडाकु, सुरक्षाकर्मी, सर्वसाधारण सबै पर्छन् । यस्तो रक्तरञ्जित इतिहास भएको माओवादीले दस वर्षसम्म कैयन् आतङ्कवादी गतिविधि गर्यो र अन्ततः शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा आयो । यो अँध्यारो पक्षका बाबजुद शान्ति प्रक्रियामा आएको माओवादीलाई नेपालीजनले स्वीकारे । पहिलो संविधानसभामा त माओवादी सबैभन्दा ठूलो दल बन्यो, चुनावबाटै । संविधानसभा, संघीय गणतन्त्र जस्ता राजनीतिक परिवर्तनपछि माओवादीको उपस्थितिले कहीं न कहीं राजनीतिक, सामाजिक रूपान्तरण भएको भाष्य पनि निर्माण भयो । तर, आज एकपछि अर्को तस्करीका घटना सामुन्नेमा आएपछि प्रश्न उठेको छ, आफ्नै छोराछोरीलाई रूपान्तरण गर्न नसक्ने माओवादीले समाज रूपान्तरण गरे भनेर के पत्याउनु ?

    झन्डै दुई दशकअघि बनेको एउटा हिन्दी सिनेमा ‘नायक’ यदाकदा टेलिभिजन पर्दामा आइराख्छ । सुरुमा क्यामेराम्यान त्यसपछि रिपोर्टर बनेका अनिल कपुर एक दिनको मुख्यमन्त्री हुँदै पूर्णकालीन राजनीतिमा होमिएको कथानक भएको यो सिनेमा औधि रोमाञ्चक छ । सिनेमाले भारतीय राजनीतिको कुशासन र विकृत पक्षलाई त उजागर गर्छ नै, इच्छाशक्ति भएको मुख्यमन्त्रीले चाहेमा कति काम गर्न सक्दोरहेछ, त्यो देखाउँछ । साथै राजनीतिलाई ‘फोहोरी खेल’ भनेर आलोचना मात्रै गरिबस्ने पङ्क्तिलाई सफा गर्न मैदानमै उत्रिन प्रेरित पनि गर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट