आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

हृदयेन्द्रको भ्लग मन पराउनेहरु रैति होइनन


  • आक्रमण न्युज
  • २०८२ आश्विन १२, आईतबार मा प्रकाशित १ साल अघि
  • ३१९ पाठक संख्या
  • यतिबेला सामाजिक सञ्जालमा हृदयेन्द्र शाहको चर्चा चुलिएको छ। हालै सार्वजनिक भएको जुम्ला भ्लगले उनलाई निकै चर्चामा ल्याएको हो। उमेरले २४ वर्ष टेकेका हृदयेन्द्रको जन्मदिनको अवसरमा आएको उक्त भ्लगमा जुम्लाको भौगोलिक, सांस्कृतिक र सामाजिक अवस्थालाई कैद गरिएको छ जसमा यतिबेला अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताको नजरमा परेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका पुत्र पारस र बुहारी हिमानी शाहका पुत्र नवयुवराज हृदयेन्द्रको भ्लग हेर्दा लाग्छ, राजपरिवारमा जन्मिएका उनी गाउँको माटो चिनेको एक सरल नेपाली युवक हुन्। १५ मिनेटको त्यो भ्लग रवाफ र तामझामरहित देखियो। देखियो त केवल नागरिकको अनुभूति र साटिएको खुसी। नागरिकहरू पनि उनीसँग खुलेर रमाए। अनि राखे आफ्ना कुराहरू पनि। हृदयेन्द्रको भ्लग मन पराउनेहरू रैती होइनन्। बरु ती त सचेत नागरिक हुन्। जो चाहन्छन्- कुनै विरासत, रजगज, आर्थिक समृद्धिमा हुर्केका हर युवामा साद्‍गी कायम रहोस्। अहंकार र रवाफको दुनियाँबाट पर रहेर माटो, भुगोल र देश सुहाउँदो शैलीमा हरेक युवा भिज्न सकून्। अनि बनोस् समता अनि समभावमूलक नेपाली समाज। भिडियोमा हृदयेन्द्र साधारण पहिरनमा जुम्ला डुलिरहेका देखिन्छन्। उनले त्यहाँको स्याउ खेती, कफिसपका सञ्जालक युवा, वृद्धवृद्धा, कर्णाली शिक्षालयका विद्यार्थीदेखि स्थानीय युवाहरूलाई भेटे। उनले सडकको धुलो खाए, स्थानीयसँग घुमे र त्यहाँको वास्तविकता नजिक पुग्ने प्रयत्न गरे। कतिपय दृश्य हेर्दा लाग्छ- उनी ‘पूर्वनवयुवराज’ होइनन्, सधैं गाउँमै हुर्किएको सामान्य युवक हुन्। एउटा राजनीतिक चस्माबाट उनलाई सामान्ती भन्न रुचाउनेहरू नभएका होइनन् देशमा जसले हृदयेन्द्रका प्रसंशकलाई रैतीको संज्ञा दिन्छन्। तर हृदयेन्द्रको भ्लग मन पराउनेहरू रैती होइनन्। बरु ती त सचेत नागरिक हुन्। जो चाहन्छन्- कुनै विरासत, रजगज, आर्थिक समृद्धिमा हुर्केका हर युवामा साद्‍गी कायम रहोस्। अहंकार र रवाफको दुनियाँबाट पर रहेर माटो, भुगोल र देश सुहाउँदो शैलीमा हरेक युवा भिज्न सकून्। अनि बनोस् समता अनि समभावमूलक नेपाली समाज। भ्लग सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरै किसिमका प्रतिक्रिया आएका छन्। कतिले यो प्रचारको शैली र रणनीतिक भएको भन्ने खालका धारण ब्यक्त गरेका छन् भने कतिले यसलाई स्वाभाविक साद्‍गीको रुपमा व्याख्या गरेका छन्।वास्तवमा, हृदयेन्द्रको सार्वजनिक छवि यसअघि त्यति स्पष्ट थिएन। हालै अमेरिकामा अध्ययन गरी नेपाल फर्किएपछि उनी सार्वजनिक रूपमा देखिन थाले, विभिन्न कार्यक्रममा सहभागी भए। अन्ततः जुम्लाको भ्रमणका क्रममा त्यो भ्लगमार्फत आम जनतासँग निकटतामा रमाएको अनुभूति गराए। पञ्चकली बुढाको गीत सुन्दै हृदयेन्द्र शाह। जुन गीत र सम्वाद यतिबेला चर्चामा छ। ‘कोइ सुन्दैन, कोई सुन्दैन कन्नाली रोयाको आवाज’ हृदयेन्द्रको भ्लगमा मन पराइएको यो सुमधुर आवाज स्थानीय  पञ्चकली बुढाको हो। जुम्लाका रमणीय दृश्यसँगै कैद गरिएको पञ्चकलीको आवाज र शब्दमा हृदयेन्द्र पनि गम्छन्। यसैमा पञ्चकली प्रश्न गर्छिन्,’हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला?’ एक किसिमको आत्मविश्वास देखाउँदै हृदयेन्द्रले जवाफ फर्काउँछन्, ‘मान्छेले राम्रो काम गर्‍यो भने, अलिकति हामी पनि लाग्यौँ भने, हुन्छ होला।’ विरासतले हैसियत बनाउला, तर त्यसको सही प्रयोग गर्ने चेतनाले व्यक्तित्व र नेतृत्व जन्माउँछ। हृदयेन्द्र शाह अहिले ‘राजसंस्थाको उत्तराधिकारी’ भएर होइन, ‘ युवा पुस्ताको अपेक्षा बोक्ने नागरिक’ भएर अगाडि आइरहेका छन्। जसकारण उनको जुम्ला भ्लगमा विशेष मानिएको हो। साच्चिकै एकले अर्काको आलोचनामात्रै गर्नुभन्दा पनि राम्रो कामलाई प्रोत्साहन र मुलुकप्रतिको प्रेम, विश्वास अनि नेतृत्वमा रहनेहरूमा जिम्मेवारीपन, इमान्दारिपन र निष्ठा भयो भने देश पक्कै समृद्ध हुनेछ। हृदयेन्द्रलाई मन पराउनेहरूले उनका अनुहार वा थरको कारण होइन, सोच र व्यवहारको कारण मन पराएका हुन्। आजको पुस्ताले अब चिल्ला भाषण होइन, परिणाममूखी काम र विश्वसनीय व्यवहार खोजिरहेको छ। र, हृदयेन्द्रको भिडियोमा त्यो व्यवहार देखिन्छ-  जहाँ घमण्ड छैन, नाटक छैन, भाषण छैन। छ त केवल ‘गाउँको माटो’ र ‘आम नेपाली’ प्रतिको सम्मान। ‘उनले नाटक गरे। आफू उनको रणनीति हो’ भन्नेका लागि जवाफ- यहीँ नाटक वर्तमान राजनीतिकर्मीका सन्तानले गरेर देखाउन्। उनीहरूमा पनि साद्गी देख्न पाइयोस्। विरासतले हैसियत बनाउला, तर त्यसको सही प्रयोग गर्ने चेतनाले व्यक्तित्व र नेतृत्व जन्माउँछ। हृदयेन्द्र शाह अहिले ‘राजसंस्थाको उत्तराधिकारी’ भएर होइन, ‘ युवा पुस्ताको अपेक्षा बोक्ने नागरिक’ भएर अगाडि आइरहेका छन्। जसकारण उनको जुम्ला भ्लगमा विशेष मानिएको हो। उनको भ्लग केवल भिडियो होइन, एक सन्देश हो- साद्‍गी, सहकार्य र सम्भावनाको। उनी राजा बन्छन्, बन्दैनन्, बन्न चाहन्छन् वा चाहदैनन्, यो फरक कुरा भयो। तर, उनी यस्तै साद्‍गी र देशप्रतिको भावनालाई अगाडि लैजान्छन् भने उनी एक ‘लोकप्रिय नेतृत्व’ का रूपमा स्थापित हुन नसक्लान् भन्न सकिन्न जुन हरेक नेपालीको अधिकार, चाहना र कर्तव्यको कुरा पनि हो। हृदयेन्द्र पनि तपाईँ हामीजस्तै यो मुलुकको जिम्मेवार युवा हुन्। देशमा हाम्रो जति अधिकार, दायित्व र सम्भावना छ, त्यति उनको पनि छ। आजको नेपाललाई फेरि राजा चाहिएको छ कि छैन भन्ने बहस पुरानै हो। यसमा प्रवेश नगरौँ। तर हृदयेन्द्रजस्ता युवाहरू जसले आफ्नो बिरासतको रवाफभन्दा पर रहेर जनताको हितका निम्ति उनीहरूका बीच काम गर्न चाहनुलाई हामीले पनि स्वीकार्न मात्र होइन, साथ दिन पनि सक्नुपर्छ। र, अन्तमा, हृदयेन्द्रमा मात्र होइन। पञ्चकली जस्ता युवाहरूको अपेक्षा पूरा गर्न वर्तमान राजनीतिक नेतृत्व संवेदनशील नरहेको कुरा सर्वविदितै छ। उनीहरूले शैली बदल्नु या सम्भावना बोकेका युवा पुस्तालाई साथ दिनु अपरिहार्य छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑