
चितवन । नेपाली अटोमोबाइल बजारमा बहुप्रतीक्षित हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी All-New Venue अब भरतपुरमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। हुन्डाईको आधिकारिक डिलर पिनाकल अटोमोबाइल्स ले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ Venue को शुभारम्भ गर्दै बिक्री तथा टेस्ट ड्राइभ सुरु भएको जानकारी दिएको हो।



पत्रकार सम्मेलनमा पिनाकलका सञ्चालक सुरेश श्रेष्ठ ले All-New Venue लाई आधुनिक जीवनशैली र नेपाली सडकको आवश्यकता लक्षित गरी डिजाइन गरिएको बताए। उनका अनुसार नयाँ मोडलमा आकर्षक बाह्य स्वरूप, अत्याधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उच्चस्तरीय सुरक्षा सुविधाको संयोजन गरिएको छ।
श्रेष्ठले भने, “All-New Venue केवल एउटा एसयूभी होइन, यो नयाँ पुस्ताका ग्राहकका लागि स्टाइल, प्रविधि र विश्वासको उत्कृष्ट मिश्रण हो। भरतपुरका ग्राहकले अब शोरुममै आएर यसको प्रत्यक्ष अनुभव लिन सक्नुहुन्छ।”
बोल्ड डिजाइन र प्रिमियम लुक
नयाँ Venue मा हुन्डाईको पछिल्लो डिजाइन भाषाअनुसार Twin Horn LED DRLs, Horizon LED Rear Combination Lamps, Dark Chrome Grille तथा Signature C-Pillar Garnish जस्ता विशेषता समावेश गरिएका छन्। यी डिजाइन तत्वले गाडीलाई अझ स्पोर्टी, बोल्ड र प्रिमियम बनाएको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस