आज: २०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

बालेन : पदभन्दा प्रभाव, भाषण भन्दा काम


  • आक्रमण न्युज
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • २१४ पाठक संख्या
  • अहिलेको नेपाली राजनीतिमा बालेन्द्र शाह उर्फ बालेन ‘हटकेक’का रूपमा देखा परेका छन् । उनी कुनै ठूलो दलका अध्यक्ष होइनन्, न त राष्ट्रको कार्यकारी प्रमुख नै । संवैधानिक रूपमा हेर्दा उनी केवल काठमाडौं महानगरपालिकाका मेयर मात्र हुन् । तर राजनीतिक प्रभावको दृष्टिले उनी आज सामान्य पदमा सीमित छैनन् ।

    उनका ढोका ढकढक्याउनेहरू सामान्य छैनन् । देश हाँकिसकेका पूर्वप्रधानमन्त्री, सुरक्षा र प्रशासन चलाइसकेका पूर्वगृहमन्त्री, बहालवाला मन्त्री, स्थापित दलका शीर्ष नेतादेखि परिवर्तनको भाषामा विश्वास गर्ने नयाँ शक्ति जेनजीसम्म सबैको साझा गन्तव्य बालेन बनेका छन् । बालेनको आकर्षण उनको पदमा होइन, उनको प्रतीकात्मक शक्ति र प्रतिनिधित्व गर्ने विचारधारामा छ । उनी कुनै संगठनात्मक संरचना प्रतिनिधित्व गर्दैनन् । उनले लामो समयदेखि जमेको असन्तोष, दलहरूको घोषणापत्रमा हराएका वाचा र सत्ता गठबन्धनको स्वार्थी गणितबाट थाकेको समाजको प्रतिनिधित्व गर्छन् । बालेनले आफूलाई कम बोल्ने तर नझुक्ने/नबिक्ने नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। बालेनको राजनीतिक संवादको केन्द्र बनेको छ ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घर ।

    बालेन संसदीय राजनीतिमा आफ्नो उपस्थिति मजबुत बनाउने तयारीमा छन् ! बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन रवि तयार छ्न, तेसैले बालेनले जेनजी विद्रोहको नयाँ राजनीतिक ऊर्जा र रविको सांगठनिक शक्ति बीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीलाई महसुस गरेका छन् । बालेन, पुराना राजनीतिक दलहरूको निशाना परेका छन् ।  सामाजिक सञ्जालमार्फत पुराना नेताहरूमाथि तीव्र प्रहार गर्ने बालेन, जेनजी आन्दोलनपछिको आन्दोलनलाई प्रतिनिधित्व गर्ने व्यक्तित्व बनेका छन् । पुराना दलको नेताहरुले जेनजी आन्दोलनको नाममा बालेनले देश ध्वास्त पारेको आरोपलगाउने गरेका छन् । केहीले उनलाई ‘लुसिफर’को ट्यागसम्म दिएका छन् ।

    यही कारणले उनी पार्टी निर्माणमार्फत आफ्नो शक्ति सुनिश्चित गर्ने तयारीमा छन् । बालेनले जेनजी अभियानका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर साझा रणनीति बनाउने प्रयास पनि गरिरहेका छन्।बिहीबार जेनजी प्रतिनिधिहरुसँगको सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए । बालेनको भनाइ उल्लेख गर्दै एक जेनजी अभियन्ताले भने– ‘तपाईंहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ ।’ भ्रष्टाचार, ढिलासुस्ती र झोलाप्रवृत्तिबाट असन्तुष्ट जनमत बालेनको स्पष्ट, कडा र नडराउने आवाजको खोजीमा थियो । सडकदेखि सामाजिक सञ्जालसम्मको आक्रोशलाई उनले राजनीतिक एजेन्डामा परिणत गर्न सक्ने क्षमताका कारण बालेन आज सबै भेटघाटको केन्द्र बनेका छन् । जेनजीहरूको दृष्टिमा बालेन ‘सिस्टम च्यालेन्जर’ हुने ।

    उनको शैली, भाषाशैली र जोखिम लिने साहसले उनीहरूलाई प्रेरित गरेको छ । विघटित संसद्, अस्थिर गठबन्धन र विश्वास संकटले वैकल्पिक राजनीतिक अक्षको खोजी बढाएको छ । बालेन त्यही सम्भावनाको प्रतीक बनेका छन् । अहिले बालेन पदभन्दा प्रभाव, भाषणभन्दा काम र दलभन्दा जनमतको प्रतिनिधि बनेका छन् । यही कारणले देश हाँकिसकेका पूर्वप्रधानमन्त्रीदेखि नयाँ शक्ति जेनजी सबैका लागि बालेन साझा गन्तव्य बनेका छन् । तर, बालेनमाथि पनि प्रश्न उठिरहेको छ– यो लहरलाई उनीले कहाँसम्म लैजान्छन् ? के सबै नयाँ शक्तिलाई एक ठाउँमा उभ्याउलान् ?  जसकारण पनि यस्ता शक्ति निर्माणको जग बलियो राजनीतिक बाटो हुन आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट