आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ६५२ पाठक संख्या
  • जेष्ठ १६, २०८१
    चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।


    कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा श्याम विष्ट विजयी हुनु भएको छ । विष्टले ४०४ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाउनु भयो ।
    सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी हुनुभयो । ढुंगानाले ४६६ मत प्राप्त गर्दा उहाँसँगै चुनाव लड्नु भएका पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपसचिव खुल्ला तर्फ २४० मत सहित मिनबहादुर परियार र महिला तर्फ ज्वाला पुरी वन ३६६ मतका साथ विजयी हुनुभयो ।

    UML-Final-PDF

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट