आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

न्यूज प्रवाह साप्ताहिकद्वारा नव वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ चैत्र २८, शनिबार मा प्रकाशित १ महिना अघि
  • ६२ पाठक संख्या
  • चितवन । चितवनबाट नियमित रूपमा प्रकाशित हुँदै आएको न्यूज प्रवाह साप्ताहिकले नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


    पत्रिकाका प्रधान सम्पादक बविलाल तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चार क्षेत्रको विकास, चुनौती र अवसरबारे आ–आफ्ना धारणा राखेका थिए। प्रमुख अतिथि पराजुलीले पत्रकारिता क्षेत्रले भोगिरहेका समस्या र चुनौतीहरूलाई उजागर गर्दै त्यसको समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।


    सो अवसरमा न्यूज प्रवाह साप्ताहिकले आफ्नो वार्षिक कोशेलीका रूपमा भित्ते पात्रो समेत विमोचन गरेको थियो। उक्त पात्रोले पत्रिकाको निरन्तरता र पाठकसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

    कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट