आज: २०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

रोटरी क्लब अफ डिल्लीबजारको २६औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, सामाजिक सेवाको यात्रालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता


  • आक्रमण न्युज
  • २०८३ अषाढ २५, बिहिबार मा प्रकाशित २ घण्टा अघि
  • ६१ पाठक संख्या
  • काठमाडौँ । रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो २६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य र सफलतापूर्वक सम्पन्न गरेको छ।

    काठमाडौँस्थित होटल यल्लो प्यागोडामा २०८३ साल आषाढ २४ गते (जुलाई ८, २०२६) सम्पन्न उक्त समारोहमा रोटरीको सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथिका रूपमा रोटरी डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की रहनुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी रोटरियन गौतम श्रेष्ठ, रिजन–१ सेक्रेटरी रिकेश कायस्थ, ए.जी. अकोश श्रेष्ठ, डिस्ट्रिक्ट ट्रेजरर सुजन कुमार काफ्ले, पास्ट असिस्टेन्ट गभर्नर (पिएजी) डिल्लीबजार भरत श्रेष्ठ, आरसी ज्ञानेश्वरका चार्टर प्रेसिडेन्ट रुसुमिला श्रेष्ठ, आरसी काठमाडौं कलंकीका अध्यक्ष प्रविण ढवाडी, आरसी बानेश्वरका अध्यक्ष किशोर मास्के तथा काठमाडौं महानगरपालिका–२९ का वडा सदस्य सन्तोष ढुंगेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    क्लबका अध्यक्ष सुजिता अधिकारी पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रेसिडेन्ट इलेक्ट दिप्ती सिंहले सञ्चालन गर्नुभएको थियो।
    कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष प्रेम कुमार ओलीले आफ्नो कार्यकालमा क्लबले गरेका सामाजिक सेवामूलक गतिविधिहरूको जानकारी गराउँदै एक वर्षको अवधिमा क्लबले ५२ वटा महत्वपूर्ण सामाजिक कार्यहरू सम्पन्न गरेको बताउनुभयो। उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने बोर्ड सदस्यहरू, सम्पूर्ण रोटरियनहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    सोही अवसरमा अध्यक्ष ओलीले रोटरी वर्ष २०२५/२६ मा क्लबका गतिविधिहरूमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न रोटरियनहरूलाई सम्मानसमेत गर्नुभयो।

    नयाँ कार्यकालका अध्यक्ष सुजिता अधिकारी पोखरेलले रोटरीको मूल भावना र अभियानलाई अझ प्रभावकारी बनाउँदै “क्रिएट लास्टिङ इम्प्याक्ट” भन्ने नारालाई आत्मसात् गरी सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी कार्यकाल सफल बनाउन आफ्नो टिमलाई पूर्ण सहयोग गर्न सम्पूर्ण रोटरियनहरूलाई आग्रह गर्नुभयो।
    कार्यक्रमकै अवसरमा अध्यक्ष सुजिता अधिकारी पोखरेलले नयाँ कार्यसमितिका बोर्ड सदस्यहरूलाई सपथ ग्रहण गराउनुभयो।

    समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले रोटरी क्लब अफ डिल्लीबजारले विगतदेखि नै समाजसेवा, मानवीय सहयोग र सकारात्मक परिवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि क्लबले यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिँदै अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट जयन्द्र रिमालले डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीको जीवन परिचय प्रस्तुत गर्नुभएको थियो।
    रोटरी क्लब अफ डिल्लीबजारको २६औँ स्थापना दिवस समारोहले क्लबको विगतको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै आगामी दिनमा समाजसेवाको अभियानलाई थप उचाइमा पुर्‍याउने नयाँ ऊर्जा र प्रतिबद्धता प्रदान गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट