
नेपाली राजनीति को तातोपन असन्तोष, आक्रोश र असफलताको परिणाम हो ! नेपाली राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति । दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो ।
जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन हो ! प्रम बालेन्द्र शाह को उदय यसै आक्रोशको परिणाम हो । बालेन्द्र शाह व्यवस्थाको उपज होइनन्, व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन् । यही कारण उनि लोकप्रिय छन् ,यही कारण उनि जोखिमपूर्ण पनि छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । प्रम बालेन्द्र साहको सन्दर्भ झनै गज्जवको छ , महानगरपालिकामा उनले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले स्थानीय तहमा नयाँ ऊर्जा दिएको थियो ।
महानगरपालिकामा प्रशासनिक कठोरता देखाउनु सजिलो हुन्छ, किनकि त्यहाँ निर्णयको दायरा सीमित हुन्छ । तर, देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो । नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ । हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा प्रम बालेन्द्र शाह सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । प्रम बालेन्द्र शाहको सम्भावित उदयले यही कुरा जन्माएको छ ,यो उदय कुनै सत्ता–लोभ का लागि होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको प्रश्न हो । अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ !
अलग-अलग राजनीतिक यात्राबाट आएका भए पनि कम्युनिस्ट आन्दोलनको साझा आधार स्पष्ट छ– राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित । तर, विगतका वर्षहरूमा यी शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसे । परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो । देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो । साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! प्रम बालेन्द्र शाहको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, यो उदयले आउदा दिनमा संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ ,नत्र, त्यो तातोपन आफैँमा बोझ बन्छ ।
प्रतिक्रिया दिनुहोस