आज: २०८३ भाद्र २१, आईतबार | Sun, 06, Sep, 2026

आजको राशिफल: वि.सं. २०८३ भदौ २१ गते आइतबार


  • आक्रमण न्युज
  • २०८३ भाद्र २१, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • १४ पाठक संख्या
  • अध्यात्म/दर्शन

    काठमाडाैं, २१ भदाैं ।  वि.सं. २०८३ भदौ २१ गते आइतबार, ई.सं. २०२६ सेप्टेम्बर ०६। वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको दशमी तिथि। नक्षत्र: आर्द्रा, चन्द्रमा मिथुन राशिमा, सूर्य सिंह राशिमा। योग: सिद्धि, करण: वणिज। आज नेपालमा सूर्योदय बिहान ५:४५ बजे र सूर्यास्त साँझ ०६:१७ बजे हुनेछ।

    आज दुर्गा भगवतीको पूजा-आराधना तथा ध्यान गर्दा शुभ फल प्राप्त हुनेछ। बिहान उदाउँदो सूर्यको दर्शन गरी माता दुर्गाको पूजा गर्दा सम्पूर्ण मनोकाङ्क्षा पूरा हुने शास्त्रमा उल्लेख छ।

    मेष राशि:

    विद्युतीय उपकरणको कारोबार तथा प्रयोगमा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन हुने समय छ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। आज तामाको कलशलाई धोएर/टोकेर दर्शन गरी दिनको सुरुवात गर्नुहोला।

    शुभ रङ्ग: कलेजी, शुभ अङ्क: ३

    वृष राशि:

    सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ भने कारोबारमा सामान्य झमेला हुनसक्छ। मन प्रसन्न रहनेछ। आज गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको शुभारम्भ गर्नुहोला।

    शुभ रङ्ग: सेतो, शुभ अङ्क: १३

    मिथुन राशि:

    यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बिहान १२ बजेसम्मको समय अनुकूल छ। आकस्मिक धन लाभको योग छ। आज पुस्तक दान गरेमा दिन शुभ हुनेछ।

    शुभ रङ्ग: हल्का नीलो, शुभ अङ्क: ४

    कर्कट राशि:

    स्वास्थ्यमा सामान्य गडबडी हुनसक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। आज चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुनेछ।

    शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ७

    सिंह राशि:

    पुराना मित्रसँग भेटघाटको अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ काम नगर्नुहोला। दाम्पत्य जीवनमा सुख रहनेछ। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।

    शुभ रङ्ग: खैरो, शुभ अङ्क: २

    कन्या राशि:

    धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। घरायसी समस्याले साँझतिर अलि निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

    शुभ रङ्ग: कालो, शुभ अङ्क: ७

    तुला राशि:

    दम्पतीबिच विवाद बढ्नसक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। केही धन क्षति हुने र घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नुहोला।

    शुभ रङ्ग: रातो, शुभ अङ्क: १८

    वृश्चिक राशि:

    नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ छ। आज नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीको कामबाट लाभ हुनेछ। आज हरियो वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।

    शुभ रङ्ग: हल्का रातो, शुभ अङ्क: ५

    धनु राशि:

    पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास हुनेछ। गीतसङ्गीत र साहित्यमा रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। आज हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नुहोला।

    शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: १

    मकर राशि:

    मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ छ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट हुनसक्छ। आज आदित्य हृदय स्तोत्रको पाठ गरेर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।

    शुभ रङ्ग: कालो, शुभ अङ्क: ७

    कुम्भ राशि:

    व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। परिवारमा भने वैचारिक मतभेद रहन सक्छ। आज गुड (गुँड/सखर) दान गरेर दिनको शुभारम्भ गर्नुहोला। रातो वस्तुको प्रयोग नगर्नुहोला।

    शुभ रङ्ग: सिम्रिक, शुभ अङ्क: ११

    मीन राशि:

    मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ। आज ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहनेछ।

    शुभ रङ्ग: हल्का कालो, शुभ अङ्क: ६

    डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट