आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?


  • आक्रमण न्युज
  • २०८३ कार्तिक ४, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • १८ पाठक संख्या
  • काठमाडाैं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानीको मन्दिर वर्षमा एक पटक अर्थात् बडादसैँको महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

    यो मन्दिर वर्षको एक दिन मात्रै खोल्नुका मुख्य धार्मिक, तान्त्रिक र ऐतिहासिक कारणहरू रहेका छन । जसमध्ये इष्टदेवी तथा कुलदेवताको रूपमा गोपनियता कायम राख्नु हाे । तलेजु भवानी मल्ल राजाहरूकी कुलदेवता तथा इष्टदेवी हुन्। प्राचीनकालमा यसलाई राजपरिवारको अत्यन्तै गोपनिय र निजी प्रार्थना स्थलको रूपमा राखिन्थ्यो, जहाँ सर्वसाधारणको सहज प्रवेश हुँदैनथ्यो।

    र, तान्त्रिक विधि र पवित्रता पनि यससँग जाेडिएकाे छ। यो मन्दिर तान्त्रिक विधिद्वारा स्थापित र सञ्चालित छ। तान्त्रिक साधना तथा गोपनियताको आफ्नै नियम हुने भएकाले यसको पवित्रता र ऊर्जालाई जोगाइराख्न वर्षभरि मन्दिर बन्द राखिने परम्परा बस्यो। धार्मिक विश्वास अनुसार भगवान् तथा देवीका शक्तिहरूलाई सर्वदा सामान्य रूपमा भन्दा विशेष र अदृश्य रूपमा राखिनुपर्ने मान्यता पनि छ।

    मल्लकालदेखि नै यस मन्दिरमा विशेष पर्वहरूमा मात्र पूजाआजा गर्ने र वर्षको एक पटक महानवमीका दिन मात्र आम भक्तजनका लागि ढोका खोल्ने नियम बसालिएको थियो, जुन परम्परा आजसम्म पनि निरन्तर चलिरहेको छ।  यद्यपि वर्षभरि सर्वसाधारणका लागि मुख्य मन्दिरको भित्रि कक्ष बन्द रहे पनि दसैँको सप्तमी कै दिन तलेजु भवानीको मूर्तिलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ र महानवमीको दिन विशेष पूजा, बलिपूजा तथा दर्शनका लागि मन्दिर खुला गरिन्छ।

    त्यसपछि विजयादशमीको बिहान पुनः मूर्तिलाई मूल मन्दिरमै फर्काइन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑