आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

१२ बुँदेका मतियार र वर्तमान व्यवस्था


  • आक्रमण न्युज
  • २०८१ पौष ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ३४६ पाठक संख्या
  • पौष ३, २०८१ / प्रभातराज पाण्डे

    १२ बुँदेका मतियार शक्तिहरू वर्तमान व्यवस्था र आफ्नै भूमिकाबारे समीक्षा र ‘कोर्स करेक्सन’ का लागि तयार देखिँदैनन्। सम्भवतः राजा ज्ञानेन्द्र स्वयंले उनीपछिका दुई राष्ट्राध्यक्षसँग परामर्श गरी राजनीतिक या पदलाभका विषयलाई निरपेक्ष र खाली मुलुक बनाउन सर्वपक्षीय सहमतिका लागि विशेष पहल गर्नु आवश्यक भएको छ। विदेशीको गणतन्त्र लादे पनि जनता र मुलुकप्रति उनको दायित्व बढेको छ। राजा संकटमै अघि आउँछन्। ०६२/६३ को परिवर्तन अनेक आशा र अवसरका साथ आयो। समय र परिवर्तनको अपेक्षा प्रवल थियो। त्यो अपेक्षाविरुद्ध पहिला नै भ्रष्ट मानिएका नेताहरू शायद नजालान् कि भन्ने आशा जनताले बोकका थिए। त्यसैले सार्वजनिक मञ्चबाट ती नेताहरूले एकअर्काको हात समाएर ‘हामी भ्रष्टाचार गर्दैनौँ’ भन्दा जनताले विश्वास गरे। तर, पहिलो अवसर पाउनेबित्तिकै उनीहरूले राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्न थाले।

    राजा ज्ञानेन्द्रको वैशाख ११ (२०६३) को सन्देश र त्यसमा अन्तरनिहित समझदारीअनुरूप उनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको शपथ दिलाए र संसद ब्युँत्याए। त्यही ब्युँतिएको संसद् हाम्रा परिचालित नेताहरू, खासगरी त्यसबेलाका सभामुख र अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्रको मञ्च बन्यो। विदेशी राजदूतहरूको प्रत्यक्ष आदेश र इशारामा विधि तथा प्रक्रियाविहीन तरिकारले पहिला मुलुकलाई धर्मनिरपेक्ष अनि त्यसपछि राजसंस्था निलम्बन र भारतीय दूतावासमा शिवशंकर मुखर्जीको रोहवरमा मुलुक संघीय भएको घोषणा गरियो। ०६२/६३ ले दिएको राजा तथा दलहरू मिलेर मुलुकमा प्रजातन्त्र र राष्ट्रियतालाई सुदृढ गर्दै शान्ति र विकासलाई सँगै लैजाने अवसरलाई कार्यकारी सत्ता हातमा लिएका दलहरूले तुहाइदिए। सार्वभौम जनताभन्दा दलाल नेताहरू शक्तिशाली देखिए त्यो बेला।
    १२ बुँदेका मतियार शक्तिहरू वर्तमान व्यवस्था र आफ्नै भूमिकाबारे समीक्षा र ‘कोर्स करेक्सन’ का लागि तयार देखिँदैनन्। सम्भवतः राजा ज्ञानेन्द्र स्वयंले उनीपछिका दुई राष्ट्राध्यक्षसँग परामर्श गरी राजनीतिक या पदलाभका विषयलाई निरपेक्ष र खाली मुलुक बनाउन सर्वपक्षीय सहमतिका लागि विशेष पहल गर्नु आवश्यक भएको छ।

    उनलाई नेपाली जनताको संलग्नताबिना बाहिरी दबाबमा नेपाललाई अस्थिर र परिचालित बनाउनका लागि हटाइएको अब स्पष्ट भएको छ। अहिले उनी नेपाल र नेपालीजस्तै पीडित छन् र आमसहानुभूति उनीतर्फ छ, यद्यपि स्पष्ट घोषित आन्दोलन या जनअभियानको अभावमा त्यो सहानुभूति समर्थनमा रूपान्तरित भइसकेको छैन।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट