आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

रैथाने खाना महोत्सवको भव्य समापन


  • आक्रमण न्युज
  • २०८१ पौष १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • २५५ पाठक संख्या
  • पौष १६, २०८१
    चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा रैथाने खाना महोत्सवको भव्य समापनू भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत आयोजना गरिएको वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सवको भव्य समापन मेघौलीमा सम्पन्न भयो । यस अवसरमा प्रमुख अतिथिका रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुज्यूको गरिमामय उपस्थिति रहेको थियो।
    समापन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सफलताप्रति खुशी व्यक्त गर्दै स्थानीय समुदायको संस्कृतिको प्रवर्द्धन र आर्थिक उन्नतिको लागि यस महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले चितवनलाई पर्यटनको मुख्य गन्तव्य बनाउन यस्ता गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महोत्सवले महानगरको सांस्कृतिक, पर्यटकीय र आर्थिक पहिचानलाई थप सशक्त बनाएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    रैथाने खानाको प्रवर्द्धन तथा स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित महोत्सवमा थारु, दराई, मगर, कुमाल, गुरुङ, बोटे लगायतका समुदायका खानाका परिकार प्रस्तुत गरिएका थिए। महोत्सवमा ५० भन्दा बढी परम्परागत खानाका स्टलहरु राखिएका थिए भने सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
    समापन समारोहमा स्थानीय बासिन्दा, विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू, तथा आन्तरिक र बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता थियो। यो महोत्सवले चितवनको पर्यटन क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट