आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

 बालकुमारी कलेज नारायणगढद्धारा तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ बैशाख ७, आईतबार मा प्रकाशित १ साल अघि
  • ६०९ पाठक संख्या
  • शंकर सुबेदी
    चितवन, वैशाख ७
    युनिभर्सिटी ग्रान्ट्स कमिशन( युजिसी) को आर्थिक सहयोगमा बालकुमारी क्याम्पसको तालिम इकाइद्वारा आयोजित तीनदिने
    क्षमता अभिवृद्धि तालिम चितवनको भरतपुर–१ स्थित काविलास रिसोर्ट फन पार्कमा सम्पन्न भएको छ।
    डा. श्याम प्रसाद सेढाईले संयोजन गर्नु भएको तालिम तीनवटा खण्डमा विभाजित गरिएको थियो। शैक्षिक अनुसन्धान,डिजिटल पेडागोजी,डिजिटल साक्षरता सम्बन्धी विषयमा तालिम प्रदान गरिएको थियो । पहिलो र दोस्रो खण्डमा क्याम्पसका प्राध्यापकहरू लक्षित रहेको तालिम तेस्रो खण्डमा भने गैर–शिक्षकीय कर्मचारीहरूलाई समेटिएको थियो।
    प्रा.डा केशव भक्त सापकोटा प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता बालकुमारी कलेजका सहायक कलेज प्रमुख डा. गुणराज क्षेत्रीले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा आदि–कवि भानुभक्त क्याम्पसका प्रमुख महेश प्रसाद हाडखले सहभागी हुनु भएको थियो। उक्त कार्यक्रम एफडिपी तालिम अधिकृत कुलचन्द्र पण्डितले सञ्चालन गर्नु भएको थियो ।

    तालिमको सहजीकरण प्रा.डा. हरि प्रसाद अधिकारी, श्री रोमकान्त पाण्डे, डा. वेद प्रसाद ढकाल, र डा. गोविन्द ढुङ्गाना मुख्य प्रशिक्षकका रूपमा रहनुभएको थियो। वहाँहरूले अनुसन्धान विधि, सूचना प्रविधिको प्रयोग, प्रविधिमैत्री शिक्षा पद्धति तथा शैक्षिक कार्यक्षमतामा वृद्धि सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थिए।
    कार्यक्रमको समापनमा सहभागीहरूले तालिम अत्यन्तै उपयोगी, व्यवहारमैत्री र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।
    आयोजक संस्था बालकुमारी क्याम्पसले भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित, प्राविधिक र व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाएको जनाएको छ। तालिममा जम्मा ६५ जना सहभागीहरू रहेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट