आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

भित्र भित्रै के खिचडि पाक्दैछ ?


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • २९२ पाठक संख्या
  • तत्कालीन राजा ज्ञानेन्द्र शाहले गिरिजाप्रसाद कोइरालाको ‘बेबि किङ’को प्रस्ताव मानिदिएको भए राजसंस्था अन्त हुने थिएन भनेर तर्क गर्नेहरू नभएका होइनन् । पूर्व नवयुवराज हृदयन्द्र अमेरिका अध्ययन गरी फर्कंदा सामाजिक सञ्जालमा तामझाम नै मच्चाइयो यसपटक ।

    जगमान गुरुङले हृदयन्द्रलाई ज्ञानेन्द्रको पछि लगाएर नारायणहिटी संग्राहालय लगेको दृश्यबाट गम्भीर सन्देश दिन खोजेका छन् । योभन्दा ठिक अघि राजा नभए देश भारतले आफ्नो कब्जामा पार्छ भन्ने अभिव्यक्ति नेपाली सेनाका पूर्वप्रधानसेनापति प्रज्ववल शमशेर जबराले नै बोले ।

    सेनाका कतिपय पूर्व जर्नेलहरू ज्ञानेन्द्र शाह राजाका रूपमा नारायणहिटीमा फर्काइहाल्नुप¥यो जसरी बोलिरहेछन् । यी सबै घटनालाई हल्का रूपमा लिन मिल्दैन । देशको राजनीतिमा भित्रभित्रै केही न केही पाकिरहेको छ । अनेकन षड्यन्त्र चलिरहेछन् । जुन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि पनि चलिरहन्थ्यो र अहिले पनि चलिरहेको छ ।

    रातको अन्धकारमा नेपालमा धेरै षड्यन्त्रका घटनाहरू भएको इतिहास साक्षी छ । भीमसेन थापाले सत्ता हत्याउन मच्चाएको भण्डारखाल पर्व र जङ्गबहादुर राणाले गरेको कोतपर्व रातमा भएका थिए । जेठ १९ २०५८ मा घटेको राजदरबार हत्याकाण्ड पनि रातिकै समयमा घटेको थियो ।

    अन्ततः त्यही घटना नेपालको राजसंस्था अन्तको सुरुवाती बिन्दु बन्यो । सत्तारोहरणका लागि रक्तपातपूर्ण हिंसाको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले पनि गरेकै हुन् । कांग्रेसले पनि राजतन्त्रविरुद्ध हिंसा गरेको थियो पछि शान्तिको मार्गमा आयो । कम्युनिस्टहरुले सत्ताको मार्ग प्रशस्त गर्न गरेका हत्याकाण्डका धेरै घटनाहरू इतिहासमा सुरक्षित छन् । यस अर्थमा वर्तमान नेपालको सत्ताको केन्द्रमा रहेका नेता र मुख्य दलहरू हिंसा र रक्तपातबाट अछुतो छैनन् । मात्र कम र बढी हो ।

    पूर्वपञ्चहरुले मच्चाएका हत्याकाण्डका धेरै घटना इतिहासमा सप्रमाण लिखित दस्तावेजका रूपमा छन् । उनीहरुको आपसी द्वन्द्वमा कैयन मारिए । पत्रकार पदम ठकुराठीमाथिको गोलीकाण्ड पूर्वपञ्चहरुकै द्वन्द्वको परिणाम थियो । पञ्चहरूले सुनकाण्ड, वनकाण्ड, सर्पकाण्ड, मूर्तिकाण्डलगायत काण्डै काण्ड गरेको लुकेको छैन । गणतन्त्रमा त्यस्ता काण्डहरूले नयाँ र फराकिलो रूप मात्र लिएका हुन् । पात्र फरक भएका छन् प्रवृत्ति फरक भएको छैन ।

    निरंकुशताको नयाँ रूप देखिइसकेको छ । लेखेकै आधारमा र बोलेकै आधारमा अदालतमा अवहेलना मुद्दा लगाउने र प्रेस काउन्सिल लगाएर दच्काउने गतिविधि चलेकै छ । फरक यति हो पञ्चहरू ज्यान नै लिन खोज्थे अहिलेका मुख र कलम बन्द गर्ने घुमाउरो धम्की दिन्छन् । पञ्चहरूलाई नै माथ गर्ने गरी सङ्गठित र योजनाबद्ध तरिकाले आक्रमण गर्छन् । उहिले पत्रकारको हत्या गर्थे अहिले पत्रकारिताको हत्या गर्ने दुष्प्रयासमा छन् ।

    पञ्चलाई माथ गर्ने गरी गणतन्त्रमा नाङ्गो भ्रष्टाचार चलिरहेको छ । कहिले नसुनेका काण्डहरू छरपस्ट छन् । भुटानी शरणार्थी प्रकरणपछि एयरपोर्टमा भिजिट भीसा प्रकरणले राज्य चलाउनेहरू मानव तस्करका नाइके बनिसकेको तथ्य छर्लङ्ग भयो । अवस्था यस्तो आयो भ्रष्टाचारबाट अघाएर सुन्निएका पञ्चहरू भ्रष्टाचारीको विरोधमा अगाडि उभिएका छन् । देशमा भ्रष्टाचार कहाँसम्म पुगेछ रु गणतन्त्रवादी नेताहरू भ्रष्टाचार गर्ने र विदेशमै घूसको लेनदेन गर्न थाले ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले संसदीय समितिमा यसबारे बोलेकै हुन् । सङ्गठित रूपमा भ्रष्टाचार गर्ने र संरक्षण गर्ने शक्तिका रूपमा राजनीतिक दल रूपान्तरित भइरहेका छन् । पञ्चायतकालमा भूमिगत गिरोहले त्यस्तो कार्य गर्दथ्यो । अहिले राजनीतिक दल नै यसमा लागेको छ । काँग्रेस, एमाले, माओवादी तीनैवटा दल सङ्गठित रूपमा भ्रष्टाचारमा डुब्दै गएका छन् ।

    भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाण भ्रष्टाचारमा जेल नै गए । माओवादी त प्रचण्ड नामको हेडक्वार्टरबाट चलेको छ । अयोग्य लडाकुको रकम हिनामिनामा माओवादी हेडक्वार्टरमाथि नै आरोप छ । पञ्चायतको भूमिगत गिरोहहरूले गर्ने काण्ड गणतन्त्र नेपालमा आइपुग्दा दलका दलालहरूबाट खुलेआम हुन थाल्यो । यो हदसम्मको बदनामी कमाएका दल र तिनका शीर्ष नेताहरूप्रति जनआक्रोश बढ्ने नै भयो ।

    यो आक्रोशमा अवसर खोज्ने क्रममा रवि लामिछानेको उदय भयो । बालेन शाह, हर्क साम्पाङ र गोपी हमालहरू लोकप्रिय बन्न सके । पञ्चहरू पूर्वराजा बोकेर शक्ति फर्काउने उपयुक्त अवसर खोजेर सक्रिय हुने रणनीतिमा लागे । यसमा कहिले ओलीभक्त त कहिले प्रचण्डभक्त बनेर पछिल्लो समय ज्ञानेन्द्रभक्त बनेका दुर्गा प्रसाईँ पनि जोडिए । उनीहरू दलहरूले गरेको हिन्दूराष्ट्र संविधानबाट मेट्ने गल्ती बुझेर यही मुद्दा पनि देखाएर बढिरहेका छन् अहिले ।

    ८१ प्रतिशत हिन्दू समेत जोडेर कुल ९४ प्रतिशत सनातनीहरु रहेको नेपालमा हिन्दूराष्ट्र संविधानमा पुनः लेखनमा दलहरू बाध्य हुने परिस्थिति बन्दै गइसकेको छ । कम्युनिस्ट, काँग्रेस, माओवादी या राप्रपा जे भएपनि ती दलमा बहुसंख्यक कार्यकर्ता हिन्दू र बौद्ध धर्मावलम्बी नै हुन् । धर्मको विषयमा उनीहरू ढिलो चाँडो लचिलो हुनुको विकल्प छैन ।

    गणतन्त्रको आन्दोलनबाट उदाएर स्थापित बनेका काँग्रेस महामन्त्री गगन थापाको निधारमा टीका र पूजाको भिडियो बढी देखिनथालेको त्यसै होइन । देशको धर्म हुन्छ भन्छन् गगन । आरजु देउवाको धार्मिक गतिविधि बढ्नुको सन्देश छ ।

    खड्गप्रसाद ओली हुन् या पुष्पकमल दाहाललाई नेपालको राजनीतिमा टिक्न हिन्दूलाई चिढ्याएर सम्भव छैन । प्रचण्ड दिनबन्धु पोखरेलसँग धार्मिक कार्यक्रममा पुग्नु अर्थपूर्ण छ । प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा उनले उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजा गरेका थिए । स्वदेश फर्किएर पशुपतिनाथको दर्शन गरे । पीएचडी गरेका बाबुराम भट्टराईले समेत हिन्दूलाई चिढ्याएर नेपालको राजनीतिमा टिकिन्न भन्ने यथार्थ बुझेकै छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट