Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २२, आईतबार | Sun, 08, Nov, 2026

भ्रष्टाचारको अन्त्य पहिलो प्राथमिकता


  • आक्रमण न्युज
  • २०८३ श्रावण २५, सोमबार मा प्रकाशित ३ महिना अघि
  • २७४ पाठक संख्या
  • नियत, चरित्र र गुणमा सुधार ल्याउन नसकेसम्म नैतिक समाज बन्न सक्दैन । आदर्शका कुरा गर्ने सन्त, महन्त नै घोर अनैतिक र स्वार्थी काम गरेर बदनाम हुँदैछन् । सार्वजनिक पदमा बस्नेहरू पदीय आडमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेका कारण भ्रष्टाचार मौलाएको देखिन्छ । अभिभावक हरु लाभका मतियार भइरहेका छन् ।

    मानिसहरू मौका पाउनासाथ झेली खेल खेल्न थालिहाल्छन,त्यसैले स्वार्थको द्वन्द्व रोकेर सभ्य समाज निर्माण एक अभियान चलाउनुपर्ने देखिन्छ ! स्वार्थको द्वन्द्व वा स्वार्थ बाझिने काम तब हुन्छ जब कुनै व्यक्तिको व्यक्तिगत स्वार्थले इन्साफमाथि सम्झौता गर्न थाल्छ । यस्तो अवस्था मा सार्वजनिक पद धारण गर्ने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता संकुचित हुन जान्छ ! सार्वजनिक जिम्मेवारी लिनेले व्यक्तिगत लाभ भन्दा सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबध्दता व्यक्त गरेको हुन्छ । सपथ वा सम्झौताद्वारा उनीहरूले सार्वजनिक स्वार्थ र हितलाई सर्वोपरि मान्ने प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाविपरीत निजी स्वार्थमा काम गर्नु घोर अत्याचार नै हो !

    कर्तव्यहरूबीच द्वन्द्वको स्थितिमा कसैलाई हानी नपुर्याउने, आफ्नो बचनको पालना गर्ने र आफ्ना गुरु र बाबु–आमाको आज्ञा पालना गर्ने शिक्षा दिएका छन् । नियुक्त वा निर्वाचित हुँदा गरिएको सपथ र प्रतिबध्दताको उल्लङ्घन गर्नु भनेको आफ्नै वचन तोड्नु हो । त्यसैले सार्वजनिक पदाधिकारीहरूले निजी लाभका काम गरेमा उसको प्रतिष्ठामा ह्रास आउने मात्र होइन उसले त्यो पदमा रहने योग्यता नै गुमाउँछ । स्वार्थको द्वन्द्व सिर्जना हुन नदिन नैतिक सिध्दान्त, आदर्श र सद्गुणहरूले दिग्दर्शन गरिरहेको हुन्छ । यसका लागि दार्शनिकहरूका दर्शन, धार्मिक र अध्यात्मिक शिक्षा तथा समाजका नैतिकवान आदर्श व्यक्तिहरूबाट धेरै सिक्न सकिन्छ ।नैतिक साहस र सद्चरित्रको पराकाष्ठामा मात्र यस्तो व्यक्तित्व बन्न सकिन्छ । मानिस दूषित उत्प्रेरणाबाट ग्रसित हुन्छन भन्ने मान्यता छ !

    व्यक्तिगत स्वार्थ, लोभ र उपयोगिताको बढोत्तरी ले खराबमाथि असल कामको बृहत्तर सन्तुलन बढाउन लाग्ने गर्छ ।व्यक्ति जहिले पनि आफ्नै लाभ बढाउन प्रयासरत हुन्छ !स्वार्थ बाझिने अवस्थाहरू जस्तै : घुस, प्रभावको बिक्री, सूचना बिक्री, आर्थिक कारोबार उपहार र मनोरञ्जन, बाह्य रोजगारी, भविष्यको रोजगारी, नातेदारहरूसँगको व्यवहार लाई उल्लेख गर्ने गरिन्छ !

    स्वार्थ बाझिने काम गर्नु चरम विश्वासघात हो, नेपालमा हरेक क्षेत्रमा यस्तै भइरहेको छ । नीतिगत तहमा रहनेहरू त झन् गतिछाडा भएर स्वार्थको द्वन्द्वमा रमाइरहेका छन ! प्राध्यापकहरू आफ्ना नजिककाहरूको पेपर मूल्याङ्कन गर्छन, वकिलहरू आफूले प्रतिनिधित्व गरेको पक्षको हितविपरीत अर्को पक्षसँग मिल्छन, सार्वजनिक पदाधिकारी आफन्तलाई वा आफ्नो स्वार्थ भएको कम्पनीलाई ठेक्का प्रदान गर्छन, राजनीतिज्ञहरू दलका कार्यकर्तालाई भर्ना गर्छन, उच्च पदस्थहरू पदमा रहँदा सहजीकरण गरिदिएको आधारमा अवकाशपछि निजी कम्पनीहरूमा नियुक्ति लिन्छन, वित्तीय विश्लेषकहरू गलत मूल्याङ्कन गरिदिएर आफ्नो स्वार्थ रहेको शेयर बढाउने आधार दिन्छन् ।

    यहाँसम्म कि संवैधानिक निकायका पदाधिकारीहरू समेत स्वार्थको द्वन्द्वमा फसेको आरोप लाग्ने गरेको छ । यो सब दुष्कर्म को अन्त्य गर्न वर्तमान सरकार लागि परेको देखिन्छ ! भ्रष्टाचारको अन्त्य लाइ सरकारले पहिलो प्राथमिकता मा राखेको छ ! वर्षौ देखि देशमा मौलाएको बेथिति र विसङ्गति लाइ जरै देखि निर्मुल पार्न वर्तमान सरकार लागि परेबाट अब का दिनमा सकारात्मक परिणाम आउने विश्वास छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑