
राजारानी, युवराज, युवराज्ञी र राजपरिवारका ‘बच्चा सरकारहरू’ बेलाबखत चिडियाखाना घुम्ने गर्थे। दरबारको विशाल क्षेत्रभित्र जंगल, तलाउ, पोखरी, ठूल्ठूला चउर, बगैँचा र अनेक जातका पशुपक्षी थिए। आठ दशजना अंगरक्षक, शाही पाश्र्ववर्तीहरू, कर्मचारी, सुसारे र छातेहरू राजाका छेउछाउमा हुने नै भए।
राजाले कुनै जनावरका बारेमा प्रश्न गर्दा वन्यजन्तुविद्ले झैँ राजाका ‘सर्वज्ञ’ सचिवहरू त्यो प्राणीको मावली–ससुराली सबै बताइदिन्थे। मानौँ उनीहरूले नजाने केही पनि छैन। बाघका कतिवटा जुँगा हुन्छन् भनेर राजा ठट्टा गर्थे। एउटाले दुई हात जोडेर कुप्रो पर्दै बिन्ती गर्यो, “सरकार, बाघका जुँगा गन्ने क्षमता, शक्ति र साहस त राजामा मात्र हुन्छ भनेर सेवकको जिजुबुबाले मर्जी हुन्थ्यो।”
राजाले हाँसेर भने, “साँच्चै हो त, म पनि बाघका जुँगा गनेर देखाऊँ?” अरूले पनि सोचविचारै नगरी राजालाई सुर्याए। चिडियाखानाका वृद्ध कर्मचारी डराइरहेका थिए। कुनै तयारीबेगर राजालाई बाघका जुँगा–गणना गर्न उराल्ने दरबारका ती मूर्ख सचिव र सल्लाहकारहरूसँग ऊ मनमनै रिसायो, मुर्मुरियो। राजाको हुकुम टार्ने कसले? यत्तिकैमा बाघको खोर खोलियो। बाहिर निस्कनासाथ बाघले राजालाई नै चिथोर्न थाल्यो। तीनचारजना सिपाहीबाहेक जर्नेल–कर्नेल सबै भागे। महिला, केटाकेटीको रुवावासी भयो।
राजालाई भुँइमा पछारेर बाघले लुछ्न थाल्यो। उनी बाँच्लान् भन्ने आशा नै भएन। यत्तिकैमा एउटा सिपाहीले ड्याङ्ग ‘फायर’ गर्यो र बाघ ढाल्यो। राजा बाँचे। राजवैद्यले ओखतिमुलो गरेपछि मात्र राजाको होस खुल्यो। उनले ‘मलाई बचाउने को हो’ भनेर सोधे। सुनका असर्फीहरू, घरखेत सबैथोक दिने विचार गरे राजाले। जर्नेलहरूले बाघ मार्नेलाई बर्खास्त गरेर राति नै घर पठाएछन्। रुँदैरुँदै सोझो सिपाहीले घर पुगेर श्रीमतीलाई सबै कहानी सुनाएछ। राजाले आफूहरूलाई नालायक भन्दै जागिर खोसिदेलान् भन्ने डरले जर्नेलहरूले सोझो सिपाहीलाई दण्ड दिएका रहेछन्। गाउँकी सोझी, अनपढ र निष्कपट थिई सिपाहीकी स्वास्नी। हुन पनि हो, पढेका भन्दा नपढेका मानिस इमानदार र सरल हुन्छन्।
ऊ रातभर निदाउन सकिन। सुँक्कसुँक्क रोइरही। सिपाही पनि निदाउन सकेन बिचरा। बिहान आँखा मिच्दै तामाको गाग्री कम्मरमा बोकेर गैरीगाउँको धारातिर ओरालो लागि सिपाहीकी स्वास्नी। बाटोभरि एक्लै भुत्भुताउँदै गई। बेलाबेला ऊ मजेत्रोले अाँसु पुछ्थी। कुकर्म नगरे पनि दण्ड भोग्नुपर्दा मान्छेको मन अवश्य रुन्छ। त्यसैले ऊ पनि रोई । साह्रै चित्त दुख्यो उसको। रसगोत्रको पुस्तक सार्वजनिक भएपछि भुटानले त्यहाँको दरबारबारे प्रकाशित कतिपय कुरा मिथ्या भएको भन्दै खण्डन ग-यो। तर नेपालबारे लेखिएका कुरामा यहाँको परराष्ट्र मन्त्रालय बोलेन। पद र पार्टीको चिन्तामा केन्द्रित राजनीतिक नेतृत्व र सत्तालाई रिझाएर जागिर खान पल्केका ‘परराष्ट्रविद्’ सबै मौन बसे। पँधेरामा आठदशजना ‘छोरी–बुहारी’ पालैपालो पानी भर्दै थिए। सिपाहीकी स्वास्नी धुम्म बादल लागेको दिन जस्तो भएर हेर्दै थिई। यत्तिकैमा एउटी सुबेदार्नीले हिजो बेलुका दरबारमा भएको बाघ–काण्डको नालीबेली सुनाई। ‘मेरा बूढा कस्ता बहादुर हेर त, राजालाई झम्टिने बाघसँग एक घन्टा कुस्ती खेलेर ठहरै मारेछन्। लोग्ने भन्या त्यस्तो सुरो हुनुपर्छ बाबै …।’ सुबेदार्नीले भनेको कुरा पत्याउँदै अरूले जिब्रो टोके। मुखामुख गरे । सुबेदारको तारिफ गरे। सिपाहीकी स्वास्नीलाई औडाहा भयो। रिसले आगो भई ऊ। सरासर गएर सुबेदार्नीका जगल्टा लुछ्न थाली। उसलाई भुँइमा पाहा भ्यागुता झैँ पछारेर धमाधम लात्तीले भकुर्न थाली । त्यस्तालाई ‘लाटो रिस’ भन्छन् गाउँतिर। सिपाहीकी स्वास्नीले पनि लाटो रिस देखाउँदै भनी –“लाज पचेकी नकच्चरी, बाघ मार्ने मेरो पोइ, जुँगामा ताउ लाउने तेरो पोइ ? थुक्क बजिनी …।” यो खबर तुरुन्त दरबारमा पुग्यो। उहिले उहिले पँधेरो, खेत, कुवा चौतारो र तलाउ नै ‘सञ्चारकेन्द्र’ हुन्थ्यो, अहिलेको टिभी, रेडियो र अनलाइन जस्तो। राजाले बाघ मार्ने सिपाही र उसकी पत्नीलाई तत्काल बोलाएर प्रशस्त इनाम दिए। सिपाहीलाई दण्ड दिने जर्नेलहरू जेल परे । बाघ मार्ने वीर भन्दै सिपाहीको पदोन्नति भयो। नेपालमा राजतन्त्ररूपी बाघ आफैँले मारेको दाबी गर्नेहरू धेरै देखिएका छन्। वर्षा} वर्षसम्म राजाबाट शपथग्रहण गरेर प्रधानमन्त्री भएका र ‘श्री ५ को सरकार’ अन्तर्गत विभिन्न ओहोदा धारणा गरेका हजारौँ अवसरवादीहरू आफू त जन्मिँदै गणतन्त्रको कन्दनी बाँधेर पैदा भएको गफ दिन्छन्। आफैँले गणतन्त्र ल्याउन ‘अप्रत्यक्ष’ मद्दत गरेको भन्दै किताब लेख्ने पनि छन्। लेख लेख्ने र रेडियो–टीभीमा आत्मश्लाघा प्रदर्शन गर्नेहरू त छिचिमिरासरह नै छन्। अहिले आएर बिस्तारै पर्दा खुल्दैछ, गणतन्त्रका स्वामी नेपाली होइन रहेछन्। ‘नाउँ तेरो गाउँ मेरो’ भनेझैँ संविधानका स्वामी पनि अरू नै रहेछन् । एमाले, कांग्रेस, माओवादी आदि त ‘देखिजान्ने–सुनिजान्ने किनाराका साक्षी’ मात्रै पो रहेछन्। त्यसैले होला, नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पार्टीको केन्द्रीय समितिको बैठकमा न्याउलीझैँ विरह गाए, “गणतन्त्र आएपछि कांग्रेस झन् कमजोर भयो।” पत्रपत्रिकाले फूलबुट्टा भरेका होइनन् भने गणतन्त्रका प्रकाण्ड पण्डित भनेर परिचित आचार्यको गुनासो भावावेशजन्य विचार मात्र होइन। यथार्थ पनि त्यही हो। ‘राजा ढाँट्नु र गाई काट्नू पाप हो’ भन्ने संस्कार त्यागेर पश्चिमाहरूको मार्गचित्रमा हिँड्दा कांग्रेस अनकन्टार भीरमा पुग्यो। अग्रगमन र ‘आगे बढो’ भन्दै क्रिश्चियन फौज भनिने ‘माओवादीको एजेन्डा’अनुसार नै अघि बढेमा दोबाटोमा झुन्ड्याइएको मादलझैँ जसले बजाए पनि कांग्रेस ‘घिन्ताङ–घिन्ताङ’ गर्ला। त्यसपछि ‘कोमिन्ताङ’ बन्छ। बिस्तारै बिलाउँछ अहंकारको बादलभित्र। सन् १९४९ मा परराष्ट्रसेवामा प्रवेश गरेका प्रथम पुस्ताका भारतीय कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्रले नेपालको राजनीति नेपालमा बस्ने एउटै भारतीय दूतले हल्लाएको उल्लेख गरेका छन्। ‘अ लाइफ इन् डिप्लोमेसी’ पुस्तकमा उनले नेपालबारे लेखेका सबै कुरा असत्य छैनन्।
प्रतिक्रिया दिनुहोस