
चितवन । होटल पौवाले आफ्नो १६ औं शाखा विस्तारको क्रममा भरतपुर ७ कृष्णपुर मा औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। उक्त शाखाको उद्घाटन कार्यक्रम तीन दिनसम्म चल्ने “नेपाली खाना प्रदर्शनी (Food Exhibition)” मार्फत भव्य रूपमा संचालन गर्ने भएको छ। यो प्रदर्शनी कात्तिक २७, २८ र २९ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा देशभरका पौवाका शेफहरूले आफैं तयार पारेका विविध नेपाली परिकार र खाना कला प्रदर्शन गर्नेछन्।
कार्यक्रममा चितवन, नवलपुर र आसपासका करिब ५० हजार पाहुनाहरू सहभागी हुने अनुमान गरिएको छ।
भरतपुर शाखामा १७ वटा लक्जरी कोठाहरू सहित अत्याधुनिक सुविधा उपलब्ध छन् ।
रेस्टुरेन्ट, गार्डेन, विवाह र कार्यक्रम हलहरू, बालबालिकाका खेल क्षेत्र, र क्याफे समेत समावेश छन्।
भविष्यमा थप १२ कोठाको आवासीय भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।
यसका साथै चितवन, सौराहा, मनकामना, मेलौली लगायत धार्मिक र पर्यटनस्थलहरूमा पनि शाखा विस्तार गर्ने योजना रहेको पत्रकार सम्मेलनमा बताइको थियो ।
पौवाले नेपालको हस्पिटालिटी र पर्यटन उद्योगलाई सुदृढ पार्ने उद्देश्य लिएको छ।
नेपालका पर्यटकहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा र स्वाद अनुभव प्रदान गर्ने लक्ष्य रहेको छ।
यसले स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धन गर्ने, साथै आर्थिक गतिविधि र रोजगारी वृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रसहित, होटल पौवाले आफ्नो सेवालाई गुणस्तरीय, नेपालीपनमा आधारित र विश्वस्तरीय मापदण्डअनुसार विस्तार गरिरहेको जनाएको छ।
होटलले हस्पिटालिटी क्षेत्रको निरन्तर विकास र देशको पर्यटन प्रबर्द्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस