आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

प्रतिशोधलाई प्रतिशोधले अन्त्य गर्न सकिदैन


  • आक्रमण न्युज
  • २०८२ भाद्र ४, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ३४३ पाठक संख्या
  • कार्ल मार्क्स भन्दा नेपालका दार्शनिक अर्थात भगवान गौतम बुद्ध चौबीस सय बर्ष अगाडि नै जन्मिएका थिए भने पुर्वी एसियाका चीन, जापान, कोरिया, थाईल्याण्ड जस्ता मुलुकहरुमा बुद्धका दर्शनहरु व्यापक भैसकेको पाइन्छ । तर त्यतिबेलाको युरोपमा बुद्धको दर्शनले स्थान नपाएको भेटियो किनकि त्यतिबेलाको समय पनि युरोपियन बादको समय रहेछ । एसियन दार्शनिकहरुको दर्शन युरोपमा प्राय निषेध पाइयो । केही सताब्दी अघिनै युरोपमा बुद्धको अहिंसाबदी करुणाको दर्शन त्यी युरोपियन हरुले अध्यन गर्न पाएका अथवा गरेका थिए भने कार्ल मार्क्सले रचना गरेको कम्युनिस्ट मेनुफ्यस्टोमा हिँसा र बारुदको गन्धको मिश्रण हुन्थेन होला । यदि कार्लमाक्र्सले साँच्चिकै बुद्ध दर्शनलाई गहिराइमा अध्यन र आत्मसात गरेका थिए भनेर उनका उत्तराधिकारीहरूले आजको जस्तो राजनीति गर्थे होला त ?
    यो प्रश्न अहिले नेपालका कम्युनिस्ट नेताहरू विशेषत: माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली र विद्यादेवी भण्डारी प्रचण्ड र जनार्दन शर्माबीचको तिक्तता हेर्दा झन् असाध्यै मार्मिक र कारिणिक लाग्छ । कम्युनिस्ट आन्दोलन जुन जनताको वर्गीयमुक्ति र सामाजिक न्यायका लागि उभिएको थियो, आज व्यक्तिगत महत्वाकांक्षाको जालोमा अल्झिएर करुणा र विचारशून्य शक्तिसंघर्षको रंगमञ्च जस्तै बनेको छ, सिँगै कम्युनिस्ट आन्दोलन, पहिरोको डिलमा उभिएको सुकेको रुखजस्तै भएको छ । त्यो रुखमा न त चराको बास छ । न त त्यो रुख हरियो हुनसक्ने आश छ । चराचुरुंगीले समेत बास बस्न विश्वास नगरेको र हाँगा झरिसकेको सुखड ठुटे रुखको अबस्था कस्तो होला ?
    आफ्नो मुलुक बाहिर बसेर २००६ साल बैशाख १० तदनुरुप १९४९ अप्रिल २२ शुक्रबार का दिन कं पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी । जहाँनियाँ राणा शासन विरुद्धको संगठित र चेतनामुलक सन्देशको शंखघोष थियो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास आदर्श र त्यागको कथा समेटिएको झापा बिद्रोहदेखि माओवादी सशस्त्र युद्ध ०६२÷६३ को जनआन्दोलनसम्म आईपुग्दा नेपाली काङ्ग्रेसलाई पनि साथमा लिँदै कम्युनिस्टहरूले देशलाई निर्णायक मोडमा पुर्याएकै हुन् । वर्गीय समानता, जनताको शक्ति र शोषणविहीन समाज निर्माणको सपनाले लाखौँ युवालाई नेपाली राजनीतितिर तान्यो र हजारौं युवाको बलिदानी पनि भयो । जब इतिहासका ती संघर्षका पन्नाहरु पल्टाइन्छ र वर्तमान नेतृत्वले देखाउने व्यवहार पार्टी र राज्य सन्चालनका तौर तरिकाहरु हेरिन्छ अनि वर्गीय शोषण विरुद्धको समाजवादी आन्दोलनलाई सत्ताको खेलमा चुर्लुम्म डुबुल्की मारेको अनुभूति हुन्छ ।
    के यसैको लागि थियो त त्यही अनगिन्ती ज्ञातअज्ञात सहिदहरु र क पुष्पलाल, मनमोहन र मदन भण्डारीले देखेका सपनाहरु ? यी र यस्तै ब्यथितिका कारण आज समग्र नेपाली जनता सरकारको रवैयाप्रति किन आक्रोशित छन् ? यहाँ केही ऐतिहासिक पार्टी र ब्यक्तीहरुले हाँकेका पार्टी गतिबिधिको बारेमा अलिकति उल्लेख गर्न मन लाग्यो । दासढुङ्गामा भएको मदन-आश्रित जिप दुर्घटनापश्चात् एकाएक माधवकुमार नेपालले नेकपा एमालेको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाए । तत्पश्चातदेखि माधब नेपालले नेकपा एमालेको नेतृत्व गरुन्जेल आधारभुत तहसम्म लेनिनबादी संगठनात्मक सिद्धान्तको आधारमा सांगठनिक कामहरु भएकै हुन् । त्यहिबेलाका संगठनका ढाँचाहरु आज पनि छन् । त्यी कमिटीहरु आज पनि जिबित छँदैछन् ।
    तर, माधब नेपाल नेतृत्वमा रहिन्जेल उनले सत्तासमीकरण पार्टी र नेता कार्यकर्ता जोगाउने बहानामा सत्तालाई प्राथमिकतामै राखेर यतिसम्म गर्न र भन्न भ्याएकि राजा ज्ञानेन्द्रको प्रतिगमन आदि सच्चिएको निष्कर्ष र ठोस विश्लेषणसहित कम्युनिस्ट पार्टीलाई अर्धसत्तासिन बनाए । त्यो गलत थियो र भयो । अब नेपाली मुलधारको कम्युनिस्ट पार्टीको उँधोगतिको आरम्भ यहिबाट सुरु भएको हो कि भन्ने लाग्दछ । नेकपा एमालेका नेताहरू कम्युनिस्ट पार्टीको दस्ताबेजभन्दा अलिक फरक ढँगबाट विचारधारा भन्दा संगठनगत समीकरण र सत्तासन्तुलनको खेलमा पटकपटक सत्तासिन हुने दाऊमा नयाँ दौरा सुरुवाल सिलाउँदै दराजमा पट्याउँदै राख्ने संस्कृति जत्तिकै बनाउन थालेका थिए ।
    तथापि, पछिल्लो समय माधव नेपालको ब्यक्तिगत स्वार्थमा अर्थात आफू र आफ्नाखाले बिचार समूहहरुको पार्टी र सांगठनिक राजनितिक रुपमा अपमानित भएको महशुस गर्दै यत्रो इतिहास बोकेको देशकै कम्युनिष्टहरुको मुलधारको नेतृत्व गरेको गौरवशाली पार्टी नेकपा एमालेबाट चोइटिएर आज सिँगो नेतृत्व गर्न सक्ने हैसियतका नेता कार्यकर्तालाई घर न घाटको अबस्थामा पु¥याएर आफू पनि जिबनको उत्तरार्धमा भ्रष्टाचारको मुद्धा लागेर बिचल्नीमा परे । क प्रचण्डले नेतृत्व गरेको माओबादी पार्टीको हबिगतको बारेमा धेरै नबोलम् होला । नेपाली जनता भुक्तभोगी नै छन् । एकता केन्द्र र माओबादी मिलेर बनेको माओबादी केन्द्रमा पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनको पुनः पार्टी प्रवेशले क नारायणकाजीको छटपटाहटले अत्तालियका प्रचण्ड झन् जनार्दनको गर्जनले आगोमाथि घ्यु थपिएझैँ गरि अट्टाहास हाँसोसहित पार्टीलाई वानम्यान बनाउने प्रवृत्तिबाट दनदनी जलिरहेका देखिन्छ ।
    क झलनाथ खनाल उपचारको क्रममा चीनमा रहेका बेला माधवसँग पनि खासै परामर्श नगरि यता केपी ओली र प्रचण्ड मिलेर पार्टी एकता गरि दुई पाइलट मिलि संयुक्तरुपमा कम्युनिस्ट नामको जेट बिमान उडाउने योजना बन्यो । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबिच पार्टी एकतामा बामदेब गौतमको अहंम् भुमिका रह्यो । तर दुई पार्टी एकैठाउँ दुई बर्षभन्दा बढी टिक्न सकेन । टिक्न नसक्नुमा पनि बामदेवको हात रह्यो किनभने दुई पार्टी एक भएपछि नौं जनाको सचिवालय थियो । कम्युनिष्ट पार्टी फुटको अन्तिम चरणमा पुग्यो । त्यतिबेला चार–चार जनाको टिम बन्यो । जता बहुमतको निर्णय हुन्थ्यो, त्यहि पार्टी रहन्थ्यो बामदेबको तटस्थताले कतै बहुमत पुगेन् । इतिहासमा जुटेको पार्टी नेताहरुको निजि स्वार्थका कारण बाध्य भएर मिलिसकेको कम्युनिस्ट पार्टी बिभाजन संघारमा पुग्यो ।
    अब प्रचण्ड र केपी ओली आआफ्नो झण्डा बोकेर तितरबितर भए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट