आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

जेन जि पुस्तालाइ न्याय देउ


  • आक्रमण न्युज
  • २०८२ चैत्र २०, शुक्रबार मा प्रकाशित २ दिन अघि
  • १४१ पाठक संख्या
  • सरकारको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले जेन–जी पुस्तालाई सडकमा उत्रिन बाध्य बनायो । स्वतःस्फूर्त रूपमा उठेको यो विद्रोहलाई सुरुदेखि नै सरकारले क्रूरता र हिंसाको डन्डाले थिच्ने प्रयास गरेको थियो। पहिलो दिनमै यस्तो दमन भयो जुन २०६२/६३ को जनआन्दोलनमा पनि भएको थिएन । जेन जि आन्दोलनले नयाँ पुस्ता जागिसकेको स्पष्ट भान दिएको थियो भने देशभरका प्रमुख सहरहरू आन्दोलनको ज्वालामा जलिरहेका थिए । जेन जि पुस्तालाई बलले थाम्न खोज्नु आगोमा पेट्रोल खन्याउनुजस्तै भएको दृश्य बिर्सन सकिदैन ! जेन जि आन्दोलन भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निरङ्कुश कदमको प्रतिकारमा उठेको थिएन,यो विद्रोह भ्रष्टाचार, अकर्मण्यता र शासकीय घमन्डविरुको विस्फोट थियो।

    भ्रष्टाचारविरुद्ध उभिएको जेन–जी पुस्तामाथि राज्यको निर्मम व्यवहारले गम्भीर प्रश्नहरू उब्जाएको छ । युवाहरूमाथि तेतिबेला राज्यद्वारा प्रयोग गरिएको निर्मम बल, गिरफ्तारी र हिंसात्मक दमन अत्यन्तै दुःखद र निन्दनीय कुरा हो । युवा न व्यक्तिगत स्वार्थका लागि उत्रिएका थिए, न त कुनै विदेशी शक्तिको इशारामा । उनीहरूको मुख्य माग थियो– भ्रष्टाचारको अन्त्य, जवाफदेही शासन, पारदर्शिता र स्वतन्त्रता ।

    तर, सरकारले यस्तो दमनकारी नीति अपनायो, जसले राज्य आफैँ कमजोर भएको स्पष्ट भयो । सरकारले सामाजिक सञ्जाल बन्द गरेर आफ्नो कमजोरी लुकाउन आलोचनाको स्वर दबाउन खोजिरहेको देखिन्थ्यो। सत्यको पक्षमा बोल्नेलाई दुस्मन ठान्नु शासन सत्ता अन्धकारतिर लम्किरहेको संकेत हो । राज्यको यस्तो रवैयाले पुष्टि गर्छ– भ्रष्टाचार संस्थागत रूपमा मौलाएको छ भन्ने । यहि आवाज उठाउनेहरूलाई निष्क्रिय बनाउन दमनलाई अस्त्र बनाइएको थियो । भ्रष्टाचारविरुद्ध लड्ने युवामाथि गरिएको दमन लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको अपमान थियो ! तेसैले अब बालेन सरकार र यसका सञ्चालक गम्भीर बन्नैपर्छ । आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई राहत, घाइतेलाई तत्काल निःशुल्क उपचार र दोषीमाथि निष्पक्ष र

    कारबाहीजस्ता न्यूनतम काम राज्यले अविलम्ब गर्नैपर्छ । यतिले मात्रै पुग्दैन, यसको जिम्मा केपी शर्मा ओली स्वयंले लिनुपर्छ ! जेन जि युवाहरू राष्ट्रको मेरुदण्ड हुन् । उनीहरूको आवाज दबाएर मुलुक कहिल्यै समृद्धि तिर जान सक्दैन । जुन दिन जेन जि युवाले राजनीति र देशका मुद्दामा चासो देखाउन बन्द गर्छन्, त्यो दिन देश झन् गहिरो अन्धकारमा जान्छ । शासन चलाउने नाममा जनताको आवाज थिच्ने कामले सरकारलाई चलायमान होइन, पतनतर्फ डोहोर्याउछ । डण्डा देखाएर देश चल्दैन, न्याय दिनुपर्छ । आवाज दबाएर शान्ति आउँदैन, समस्याको समाधान गर्नुपर्छ ।

    यसको समाधान गर्न राज्यले जेन जि युवाहरूको आवाजलाई सम्मान गर्नु र संवादको बाटो अपनाउनु पर्दछ। भ्रष्टाचारविरुद्धको लडाइँलाई कमजोर पार्नुको सट्टा, सरकारले पारदर्शी नीति र जबाफदेही संयन्त्र बनाउनुपर्छ । युवाहरूलाई दमन गर्नुले तत्कालको लागि शान्ति कायम होला, तर दीर्घकालमा यो समाज र राज्य दुवैका लागि घातक हुन्छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट