आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

एमालेको राजनीति र अनुत्तरित प्रश्न


  • आक्रमण न्युज
  • २०८२ चैत्र २२, आईतबार मा प्रकाशित १५ घण्टा अघि
  • ७६ पाठक संख्या
  • के, कहाँ, कहिले वा कसरी भन्न सजिलो हुन्छ तर किन ? भन्ने प्रश्नको उत्तर खोज्न दार्शनिक, मनोवैज्ञानिक वा वैज्ञानिक पक्षहरुको परीक्षण र विश्लेषण आवश्यक पर्छ । ओलि नेपाली राजनीतिको एक चाखलाग्दो पहेली पनि हुन। जसका भित्री कारणहरु खोज्न राजनीतिक-सामाजिक विश्लेषणका अतिरिक्त मनोवैज्ञानिक पत्रहरु पनि केलाउनुपर्ने हुन्छ ।

    एमाले आफ्नै राजनीतिक आनुवांसिक संकटहरुको नतिजा व्यहोर्दैव्यहोर्दै ओलीराजमा आइपुगेको हो । यस विन्दुमा आइपुगेपछि उसले राजनीतिलाई सामुहिक गतिशिलताको नतिजा नमानेर ओलीको आफ्नै गतिशिलतासँग राजनीतिक वा सामाजिक गतिशिलताले पदचाप मिलाउनुपर्छ भन्ने एकांकी आग्रह स्थापना गर्न खोजिरहेको छ ।

    राजनीतिक दलहरुले प्राप्त गर्ने सामाजिक शक्तिहरुका सबै आधारहरुलाई तिरस्कार गर्ने एमालेको राजनीतिक प्रयोगले अर्को भनाइ पुष्टि गर्छ । समुहको नेता मनोवैज्ञानिकरुपमा सामुहिक प्रभावकारिता उपेक्षा गर्छ भने उसले या त नेतृत्व गर्न सक्दैन या त उसको समुहको गतिशिलता नै ठप्प हुन्छ । नेतृत्व त ओलीले अवस्य गर्छन्, तर समुहको गतिशिलता शिथिल हुनु स्वयमसिद्ध छ ! ओलि को सतहमा हेर्दा र त्यसका भित्री आयामहरु बुझ्ने प्रयत्न गर्दा आउने फरक निचोडहरु केलाउनुपर्छ ।

    धेरै माथिल्लो पदमा पुगेपछि मानिस एक्लो पनि हुन्छ र उसलाई विलखवन्द पार्ने परिघटनाहरुका न त साँक्षी हुन्छन्, न उपयुक्त सल्लाहकार !

    विवादहरु इतिहासमा जन्मन्छन्, शनैशनै बालक, किशोर युवा हुँदै परिपक्व हुन्छन् । भारतका राष्ट्रपति आर वेंकटारमणले राजिव गान्धीसँग उनका असहमतिहरु सन्दर्भमा पुस्तकमै खुलाएका छन् । बहुदलीय जनवादमाथिको स्वामित्व लिन खोज्ने ओली र उनका सहयोगीहरुको प्रवृत्ति र विस्तारै मदन भण्डारीले गरेको वैचारिक संश्लेषणलाई तिरस्कार गर्ने प्रयासले फोहोर’मा प्रवेश गर्ने बाटो खोलेको हुन सक्छ !

    एमालेको ठूलो संख्याका सदस्यहरु विकृतिपूर्ण मुद्दाहरुमा पर्नु, राजनीतिक बजारमा एमालेको तस्बिर धुमिल हुँदै जानु, प्रश्नहरुले भद्रताका घेरा नाघेर हदै अभद्र देखिनु र कुनै प्रश्नमा पनि एमाले उत्तरविहिन हुनु यस्ता केही दृष्टान्त हुन सक्छन् !
    राजनीति पनि ग्ल्यामर (ठाँटबाँठ) नै हो । सिनेमा, गीत, संगीत वा खेलको ग्ल्यामरमा औपचारिक शाक्ति सन्निहित हुँदैन ।

    राजनीतिले शक्ति उत्पादन गर्छ र शक्तिले सत्ता संचालन गर्दछ । पानीबाट विजुली निस्कन्छ, बिजुलीले मिल चलाउँछ । मिलले बस्तु उत्पादन गर्छ र बस्तु बजारमा विक्री हुन्छ त्यसबाट पैसा प्राप्त हुन्छ । राजनीति शक्ति पनि सृंखलावद्ध प्रभावदार हुन्छ । शक्ति र सामर्थ्य बाट सरकार बनाउन सकिन्छ । सरकारले राम्रो गर्न चाहे राम्रो गर्न सक्छ, नराम्रो गर्न चाहे नराम्रो गर्छ । सिनेमा र राजनीतिमा पारिवारिक विरासत लोकप्रियताको प्रारंभिक खुड्किलो हो ।

    नव युवराज हृदयेन्द्र शाहले खिचेको जुम्लाको भिडिओको चर्चाले पनि राजनीतिमा पारिवारिक विरासतको प्रभाव देखाउँछ ।

    हो आर्यघाट र ब्रम्हनाल पनि ठाउँ नै हुन् । आर्यघाट पुर्याइयो ब्रम्हनालमा राखियो भन्नुको अर्थ के हुन्छ ? मान्छे नै हुन् नि, तर मान्छे झुण्डयाउनेलाई जल्लाद र मार्नेहरुलाई हत्यारा भनिन्छ । चम्वल पनि त ठाउँ नै हो । चम्बलले चरित्र र चित्रको एक मानक बनायो । के पुष्टि भइसकेको छ भने ठाउँले चरित्र चित्रण गर्छ, कि त सुनाम कमाउँछ कि बन्छ कुख्यात । षडयन्त्र सिद्धान्तमा विश्वास गर्नेहरु एमालेभित्र देखापरेका आन्तरिक द्वन्द्व नकार्छन् र ओलि कुनै सम्झौताहरुका पृष्ठभुमि तयार पार्न लागिरहेको शंका गर्छन् ।

    राजनीति हो, शंका, आरोप, प्रत्यारोप र द्वन्द्व सामान्य हुन् । शक्ति संचय हुन्छ वा मुल उद्देश्य आपूर्तिका लागि झगडा सहायक हुन्छ भने त्यसो गर्न पनि तत्पर हुन्छन् राजनीतिज्ञहरु । तर, ओलीका हकमा उनको राजनीतिक सर्वस्व सहयोग वा असहयोगले निर्धारण गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट