आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सत्य र भ्रम बुझौ


  • आक्रमण न्युज
  • २०८३ श्रावण ४, सोमबार मा प्रकाशित १९ घण्टा अघि
  • ६६ पाठक संख्या
  • भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् ! धर्मशास्त्रमा वर्णित कथाहरूले सजिलै काल्पनिक शयर गराइ वायुयान र वायुपंखी घोडामा देवता र दानवहरू सवार भएका कथा पढेकै हौँ !

    अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् ।यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ ।अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ !. पृथ्वीको एक हिस्सा नेपाल पनि हो । नेपालको अवस्थितिलाई हेर्दा हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ ।

    जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ । समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए । नेपालका क्याम्पसमा सीमित उग्र वामविचारका राजनीति यिनै भ्रमहरूका वरिपरि घुम्थे । त्यस प्रकारका सबै भ्रमहरू यसकारण भ्रम थिए कि अहिले लगभग चार दशक समय ब्यतीत हुँदा पनि उपरोक्त आरोपहरूको कतै कुनै पुष्टि हुँदै भएन । यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होलान् !

    नेपालीहरूले छरिएको भ्रमलाई कतिपयलाई ‘हो’ लाग्यो । अहिले के सत्य र के भ्रम भन्ने बुझियो ! त्यसैले जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो र दशौँलाखका थ्रीपीस सुट लगाउँछन् भन्ने कुरा यत्रतत्र सर्वत्र उठ्दैछ, तर जवाफ पाइएको छैन ! जनताका छोराछोरीको आकाशमुनि बास हुन्छ, तर नेताको घर जल्दाबित्तिकै लखनउका नवाफका जस्ता भव्य महलमा बास कसरी हुन्छ ! सामान्य सागसब्जी विदेशबाट मगाएर खाएका राजामहाराजालाइ सामन्तीको देख्ने ले गरीब जनताको नेता भन्नेले एकाध वर्ष मै राजाभन्दा डबल हैसियत र अझ डबल सामन्तीका नाइके भएको यि नेताहरुलाइ दुनियाँले देखेका छन !

    राजाहरूका बारेमा छर्नेले भ्रम धुमधामले छरे, हामीले त्यही भ्रमलाई पत्याउँदै “गायत्रीमन्त्र” बनाएर जप्यौँ । यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ ।विज्ञान र प्रविधिको विकास सँगसँगै उपलब्ध साधनहरूका माध्यमबाट छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ ।

    नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ ! अनुमानित मनको आनन्द वा मनमा अशान्ति जे गराउने हो गराइरहन्छ । विज्ञानको चमत्कारले गर्दा पुष्पकविमानको ठाउँमा लौहविमानलाई हावामा उडाउन सकियो ।गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ । त्यसैले अबको जमानामा कसैले कसैलाई भ्रम नछरेको राम्रो ! देश अहिले इतिहासको पनि इतिहास बनाउने भयानक कठिन घुम्तीमा पुगेको छ ।

    कसैले नसोचेको र नचिताएको अन्यौलतामा देश रुमल्लिन पुगेको छ । हामीले चाह्यौँ भने देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै र कसैको भर नपरी गर्न सक्छौँ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट