आज: २०८३ श्रावण १०, आईतबार | Sun, 26, Jul, 2026

मानिस दुषित उत्प्रेरणा बाट ग्रसित हुन्छ


  • आक्रमण न्युज
  • २०८३ श्रावण १०, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ३८ पाठक संख्या
  • मानिसहरूको प्रेरकतत्व, नियत, चरित्र र गुणमा सुधार ल्याउन नसकेसम्म ‘नैतिक समाज’ बन्न सक्दैन । ठूला नैतिक आदर्शका कुरा गर्ने हरु नै घोर अनैतिक र स्वार्थी काम गरेर बदनाम हुँदैछन, पदमा बस्नेहरू पदीय आडमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेको देखिन्छ, समाज र संस्थाको अभिभावक हुनेहरू लाभका मतियार भइरहेका छन् ।

    प्रायः मानिसहरू मौका पाउनासाथ झेलको खेल खेल्न थालिहाल्छन। त्यसैले स्वार्थको द्वन्द्व रोकेर सभ्य समाज निर्माण एक अभियान चलाउनुपर्ने देखिन्छ ! स्वार्थको द्वन्द्व वा स्वार्थ बाझिने काम तब हुन्छ जब कुनै व्यक्तिको व्यक्तिगत स्वार्थले कार्य र इन्साफमाथि सम्झौता गर्न थाल्छ । यस्तो अवस्था मा सार्वजनिक पद धारण गर्ने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता संकुचित हुन जान्छ । यस्तो किन हुन्छ भने सार्वजनिक जिम्मेवारी लिनेले व्यक्तिगत लाभ भन्दा सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबध्दता व्यक्त गरेको हुन्छ ।

    सपथ वा सम्झौताद्वारा उनीहरूले सार्वजनिक स्वार्थ र हितलाई सर्वोपरि मान्ने प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाविपरीत निजी स्वार्थमा काम गर्नु घोर अत्याचार नै हो ! कर्तव्यहरूबीच द्वन्द्वको स्थितिमा कसैलाई हानी नपुर्याउने, आफ्नो बचनको पालना गर्ने र आफ्ना गुरु र बाबु–आमाको आज्ञा पालना गर्ने शिक्षा दिएका छन् ।

    नियुक्त वा निर्वाचित हुँदा गरिएको सपथ र प्रतिबध्दताको उल्लङ्घन गर्नु भनेको आफ्नै वचन तोड्नु हो । त्यसैले सार्वजनिक पदाधिकारीहरूले निजी लाभका काम गरेमा उसको प्रतिष्ठामा ह्रास आउने मात्र होइन उसले त्यो पदमा रहने योग्यता नै गुमाउँछ ।

    स्वार्थको द्वन्द्व सिर्जना हुन नदिन नैतिक नियम, सिध्दान्त, आदर्श र सद्गुणहरूले दिग्दर्शन गरिरहेको हुन्छ । दर्शन, हाम्रा धार्मिक र अध्यात्मिक शिक्षा तथा समाजका नैतिकवान आदर्श व्यक्तिहरूबाट धेरै सिक्न सकिन्छ भने नैतिक साहस र सद्चरित्रको पराकाष्ठामा मात्र यस्तो व्यक्तित्व बन्न सकिन्छ ।

    मानिस व्यक्तिगत स्वार्थ, लोभ र उपयोगिताको बढोत्तरी र उपयोगितावादले खराबमाथि असल कामको बृहत्तर सन्तुलनको कुरा गरे पनि व्यक्ति आफ्नै उपयोगिता बढाउन लाग्ने गर्छ ।व्यक्ति जहिले पनि आफ्नै लाभ बढाउन प्रयासरत हुन्छ, जस्तै : घुस, प्रभावको बिक्री वा यसको गलत प्रयोग, सूचना बिक्री, आर्थिक कारोबार उपहार र मनोरञ्जन, बाह्य रोजगारी, भविष्यको रोजगारी, नातेदारहरूसँगको व्यवहार लाई उल्लेख गर्ने गरिन्छ !

    स्वार्थ बाझिने काम गर्नु घोर अनैतिक कर्म मात्र होइन यो चरम विश्वासघात हो । तर, नेपालमा हरेक क्षेत्रमा यही भइरहेको छ । नीतिगत तहमा रहनेहरू त झन् गतिछाडा भएर स्वार्थको द्वन्द्वमा रमाइरहेका छन् । यस्ता आरोप लाइ निस्तेज पार्न वर्तमान प्रम बालेन्द्र शाहको सरकार तन, मन ले लागेको देखिन्छ ! प्रधानमन्त्रि बालेन्द्र शाह लाइ एकैपटक चारैतिर बाट आक्रमण गर्ने प्रयास भै रहेता पनि सरकार निरन्तर अगाडि बढि रहेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट