आज: २०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

जनताका सेवक प्रधानमन्त्रि “बालेन्द्र शाह”


  • आक्रमण न्युज
  • २०८३ श्रावण ११, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • ४४ पाठक संख्या
  • अन्योल, आतङ्क, असुरक्षा, निराशा र सामाजिक सद्भाव एवं आम आत्मविश्वास खण्डित हुन पुगेका ले मुलुकले ठूलो आर्थिक भार खेप्नु परेको स्पष्टै छ राजनीतिक दलहरूको भूमिका र दायित्वले पछिल्ला दुई दशक नेपालको राजनीतिक यात्राले स्थापित दलहरूले जनअपेक्षा अनुसारको सुशासन दिन असफल भएको स्पष्ट देखाएको छ ।

    हजारौँको बलिदानसहित लाखौँ सर्वहारा वर्गको आशा, भरोसा र सपनाको केन्द्रको रूपमा उदाएका माओवादी लगायत सात दशकभन्दा लामो इतिहास र विरासत बोकेर आएका कांग्रेस र एमाले सहितका प्रमुख दलहरूले पालैपालो सत्ता सिंहासनको धित मार्न जेजस्ता सम्झौता र तालमेलका नाउँमा आ–आफ्ना स्वार्थ पूरा गर्दै आएका कारण घोषणापत्रहरू चुनावी बाचामा मात्र सीमित हुन पुगेका छ्न । आम जनतासँग सरोकार राख्ने भ्रष्टाचार नियन्त्रण जस्ता मुख्य विषयहरू कागजका केही खोस्टाहरूमा मात्र सीमित हुन पुगेको देखिन्छ ।

    राजनीति खिचातानी, उखान टुक्का आन्तरिक गुटबन्दी नेतृत्व प्रतिस्पर्धा, परिवारवाद, टुटफुट, विभाजन, गाली गलौज अनैतिक जालझेल र फूल, माला, खादा अनि उद्घाटनमै झन्डै झन्डै समय सकिएका छ्न । जनताका सेवक बन्नु पर्ने नेताहरू अहङ्कार, घमन्ड र फाँसीवादी मनोवृत्तिबाट ग्रसित हुन पुगेको देखिन्छ ! भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको नारा, लक्ष्य र गन्तव्य शासकहरूको राज्य दोहनबाट लुटेर पुस्तौँ पुस्तालाई थुपार्ने प्रवृत्तिप्रतिको साझा अस्वीकारोक्ति दरिलो आवाज यूवाहरुका लागि मान्य नभएकै हो । रगत र खरानीमा लत्पतिएको संवेदनशील दृश्यले शासकको क्रूर भावनालाई कुनै प्रभाव पार्न सकेको छैन, आजसम्म पनि दम्भ, घमन्ड, अहङ्कार र प्रतिशोधको विनाशकारी आगो निभेको छैन, आत्मबोध, आत्मसमिक्षा र आत्म स्वीकारोक्ति गर्ने पक्षमा कदापि देखिँदैन ।

    भ्रष्टाचारका ठुला–ठुला काण्डहरूका तत्काल छानबिन सुरु गरी दोषीलाई यथाशीघ्र जेल हाल्ने कार्यको शुभारम्भ भै सकेको अवस्थामा लोकप्रिय प्रधानमन्त्रि बालेन्द्र शाह लाइ चारैतिर बाट हाइ हाइ गर्नु पर्ने बेला आएको छ ! नेपालको राजनितिमा नैतिक ताकत राख्न सक्ने एकमात्र सहासिलो प्रधानमन्त्रि बालेन्द्र शाहनै हुनुहुन्छ, वहा लाइ देश ले खोजेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट