आज: २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025

अधिकांश बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • १९७ पाठक संख्या
  • बैशाख ७,२०८१

    वाणिज्य बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले अधिकांश बैंक आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थमा देखिएका छन्। बैंकहरुको बढ्दो खराब कर्जाले गर्दा बैंकहरुको वित्तीय विवरण अधिक प्रभावित भएको देखिन्छ।

    चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुलाई कर्जा असुलीमा समस्या परिरहेको थियो। अर्थतन्त्र नसुध्रिँदा बैंकहरुको कर्जा असुलीमा अझै सुधार आएको छैन्। जसले गर्दा बैंकहरुले ठुलो रकम सम्भावित जोखिम बापत छुट्याएर राख्नु परेको छ। यसले राम्रै नाफा कमाएका बैंकलेले पनि आगामी वर्ष शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्था छ।
    चालु आर्थिक वर्षमा ८ वटा बैंकहरुले शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन्। आगामी वर्ष अझै धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्ने र लाभांश वितरण गरे पनि लाभांश दर निकै घट्ने बैंकरहरु बताउँछन्।

    गत वर्ष बैंकहरुको लाभांश दर निकै घटेको थियो। विगत लामो समयदेखि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको नबिल बैंकले यस वर्ष लगानीकर्तालाई ११ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो। आगामी वर्ष यो दर अझै घट्ने देखिएको बैंकका अधिकारीहरु बताउँछन्।

    हिमालयन बैंक,कुमारी बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक,प्रभु बैंक लगायतले शेयरधनीलाई लाभांश वितरण गर्ने पैसा नै नभएपछि गत वर्ष लाभांश वितरण गर्न सकेनन्। उनीहरुको वितरयोग्य नाफा निकै कम देखिएको थियो। यसैगरी केहि बैंकको पूँजीकोष नपुग्दा समेत लाभांश रोकिएको अवस्था थियो। चालु आर्थिक वर्षमा पनि तीन बैंकको पूँजीकोष केन्द्रीय बैंकले तोकेको सीमाभन्दा तल भरिसकेको छ। ती बैंकले आगामी वर्ष लाभांश वितरण गर्न पाउँदैनन्। यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेकोले उसले पनि लाभांश वितरण गर्न पाँउदैन।
    चालु आर्थिक वर्षमा बैंकहरुको वित्तीय अवस्था झनै खस्किएको छ। तेस्रो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा साढे ३ प्रतिशत पुगेको छ । एक बैंकको ५ प्रतिशत माथि छ भने आधा दर्जन बैंकको ५ प्रतिशत नजिक छ।
    तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,सानिमा बैंक,एसविआई बैंक,नबिल बैंक, प्राइम बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंक बाहेक अन्य सबै बैंकको वितरणयोग्य नाफा नकारात्मक छ। यसमा पनि एभरेष्ट बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,सानिमा बैंक,एसविआई बैंक, नबिल बैंक, प्राइम बैंकले मात्रै ५ प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने क्षमता बनाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट