
पौष २५, २०८१ / होमनाथ न्यौपाने
भरतपुर । चितवन वसाईमा नियमित सिकार गरिसकेपछि राजा महेन्द्र दरवारमा फर्किएका थिए । फर्किएको केहि समयमानै छाति र मुटुको चालमा समस्या देखियो रअचानक वेहोस भइ भुइमा ढले। तत्कालीन समयमा सगै रहेका चिकित्सकहरुको भर प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार आएन । होसमा ल्याउने र उपचार गर्ने क्रम माघ १६ गतेको रात भरी रह्यो । सफल प्रयास असफल भएपछि अन्ततः माघ १७ ,२०२८ विहान ३:४५ वजे दियालो बंगला दरबारमा तत्कालीन राजा महेन्द्रको मृत्यु भयो। भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको यो दरवार राजा महेन्द्रको देवाहसान र राज खानदानको आवास भएकोले आम सर्वसाधारणको लागि रहस्यको बंगला वनेको छ।वि.स २०२८ माघ ३ गते काठमाडौंको सिंह दरबारवाट आराम र शिकारका लागि भरतपुरको शित कालिन राजदरवार दियालो बंगलामा विशेष हेलिकप्टरबाट आएका तत्कालीन राजा महेन्द्रले राजधानी छोडेको १४ दिनमा प्राकृतिक असमायिक निधन भएको थियो।
माघ १५ गते शिकार खेल्न निस्किएका तत्कालिन राजा महेन्द्र शिकार गरेर फर्के पछि अचानक छातिमा समस्या देखिएको थियो। छाती गह्रौं हुने र मुटुको धड्कन तल माथी भएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उद्धृत गर्दै तत्कालीन समयमा गोरखा पत्र ले समाचार प्रकाशन गरेका थिए। उपचारमा सम्लग्न डा शुसिल चन्द्र हल्डर र सच्चेकुमार पहाडी उपचारमा संलग्न थिए।डा.द्वयका अनुसार महेन्द्रको स्वास्थ्य अवस्था माघ १६ गते चिन्ताजनक रह्यो।डा. द्वयले उपलब्ध उपकरणवाट महेन्द्रको स्वास्थ्य उपचार गरे तर स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेन। स्वास्थ्यमा सुधार नभए पछि थप उपचार र परामर्शका लागि हेटौडामा रहेका डा मृगेन्द् राज पान्डेलाइ जिप वाट भरतपुर झिकाइएको थियो।डा. पान्डे माघ १६ गते ११ वजे आइपुगेका थिए।डा. पान्डेले उपलब्ध साधन स्रोतवाट उपचार गरेपनि सुधार नभए पछि रानि रत्नराज्यलक्ष्मीको सल्लाहमा तत्काल नेपाल स्थित भारतीय राजदूतावासको समन्वयमा दिल्ली स्थित अस्पतालवाट मुटुरोग विशेषज्ञ डा.एमएल भाटियालाइ झिकाइएको थियो। उपचारमा हर प्रयास गरे पनि सम्भव भएन। अन्ततः वि स २०२८ माघ १७ गते विहान ३:४५ मा राजा महेन्द्रको निधन भएको घोषणा चिकित्सकले गरे।
वि स २०२८ गते विहान १७ गते ४:४५ वजे विशेष हेलिकप्टरबाट महेन्द्रको शवलाई काठमाडौं लगिएको थियो। महेन्द्रको पार्थिव शरीरको निधारमा रातो टीका लगाइएको थियो। स्मरण रहोस् नेपालका राजाहरूको प्राय सवैको अल्पायुनै निधन भएको छ।राजा महेन्द्रको पहिलो पटक वि स २०२४ चैत २ गते पश्चिम नेपालको कन्चनपुरमा पहिलोपटक ह्रदयघात भएको थियो। तत्कालीन राजा महेन्द्रले हाम्रो खलक प्राय सवैको ह्दयघातका कारण अल्पायुमा नै मृत्यु भएकोले आफुलाई पनि ह्दयघातका हुने डर लागेको वताएका थिए।
राजपरिवारको राजदरवार र राजा महेन्द्रको मृत्यु भएको यो दरवार लाइ भरतपुर महानगरले भ्रमण वर्ष२०२४ को सन्दर्भमा आम नागरिकको लागी खुल्ला गरेको छ। महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित यो दरवार दैनिक सयौं पर्यटकले अवलोकन गर्दछन्। दरवार अवलोकनको क्रममा दरवारको पहिलो तल्लामा राजा महेन्द्रको देवाहसान भएको कक्ष लेखेको देख्ने बित्तिकै मृत्युको कारक र कसरि भन्ने प्रश्न स्वभाविक रूपमा मनमा उब्जने दरबार अवलोकन गर्न गएकी भरतपुर २० कि रोशनी खड्का वताउनु हुन्छ। दियालो बंगला दरबारमा वि.स२०२६ सालमा पुर्व पश्चिम राजमार्ग निर्माणको क्रममा निर्माण गरिएको हो। नारायणि नदिको किनारमा अवस्थित यो दरवारको कौसिवाट राजपरिवारका सदस्यहरू नारायणि नदीको कलकल पानि र जगली जनावरहरूको अवलोकनगरि आनन्द लिने गर्दथे।
यस्तो छ दियालो बंगला दरबार !
करिव ५४ बिघामा फैलिएको यो दरबार
नारायणी नदीको किनारमा, अवस्थित छ।धार्मिकस्थल देवघाटको नजिकै जंगल नै जंगल को मघ्य भागमा अवस्थीत यो दरबार राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रहरु शित कालिन समयमा शिकार खेल्न लागि यहाँ आएर बस्ने गर्दथे ।
चितवन देशको मध्यभागमा भएकाले गर्दा पनि पूर्व तथा पश्चिमको यात्राको क्रममा राजाहरू यहीं आएर बस्थे । शान्त, सुन्दर र एकान्त ठाउँमा रहेको दरबार क्षेत्र वरपरको सुरक्षा भने नेपाली सेनाले गर्दै आएको छ ।
गर्मीको समयमा आउदा उत्तरतर्फ राजाहरू तथा परिवारका सदस्यहरूको लागि स्वीमिङ पुल बनाइएको छ। अहिले यो जीर्ण बनेको छ । त्यसैगरि चिसोमा क्याम फायर गर्नको लागि क्याम्प फायर स्टेशन बनाइएको छ।
दरबारको पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही राखिएको छ ।
भित्तामा बाघको टाउको राखिएको छ । दरबारमा पाँचवटा बेडरुम छन् । राजपरिवारका सदस्यले प्रयोग गरेका सामग्री अहिले पनि अवलोकन गर्न सकिन्छ।
दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर छ । सवारी साधन राख्नका लागि ग्यारेज पनि सगै छ ।
नारायणी नदीको तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, चराहरूको मधुर आवाज, जगली जनावरहरूको आवागमन,साल, जामुन, सिन्दुर, जस्ता रुखहरू अवलोकन गर्न सकिन्छ।
राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं दरवारमा भएकाले पनि चासोको विषय बन्दै आएको छ । राजा महेन्द्र बेलाबखत परिवारसहित यहीं दरबारमा आएर बस्ने, नारायणी नदीको तटीय क्षेत्रमा घुम्ने गर्दथे ।हाल दरबार भित्रको आन्तरिक व्यवस्थापन र रेखदेखको काम नेपाल ट्रष्टले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस