आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

सुखी पेशाका दुःखी पीडाहरू


  • आक्रमण न्युज
  • २०८२ श्रावण ११, आईतबार मा प्रकाशित १ साल अघि
  • ४०१ पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर। केहि पेशा तथा व्यवसाय वाहिर जती सुखी देखिन्छ तर भित्र त्यति नै पिडादायी समस्या निम्त्याइरहेका हुन्छन्।आधुनिक समाजमा वैक, शिक्षक, प्रशासनिक कर्मचारीजस्ता सेवामुखी पेशाहरूलाई सम्मानित र सुरक्षित मानिन्छ। स्थायीत्व, सम्मान, निश्चित तलब, सुविधा, बिदा लगायतका कारणले यी पेशाहरू ‘सुखी पेशा’ को रूपमा चिनिन्छन्। तर, यिनै पेशामा संलग्न व्यक्तिहरूको वास्तविक जीवन भने त्यति सुखद नहुन सक्छ। लामो समय एउटै स्थानमा बस्नुपर्ने, निरन्तर बोलिरहनुपर्ने, मानसिक तनाव झेल्नुपर्ने, अनुशासन पालन गर्नुपर्ने जस्ता कारणले गर्दा यस्ता पेशामा कार्यरत कर्मचारीहरूमा विविध शारीरिक समस्याहरू देखिन थालेका छन्।यी समस्याहरू सतहमा देखिँदैनन् तर भित्रभित्रै ती व्यक्तिहरूलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाइरहेका हुन्छन्। खासगरी, ढाड दुख्ने, कम्मर दुख्ने, घुँडा दुख्ने, घाँटी दुख्ने, टाउको भारी हुने, आँखाको समस्या, निद्रा नलाग्ने, चाँडो थकाइ लाग्ने जस्ता समस्याहरू व्यापक रूपमा देखिन्छन्।
    वैकिङ्ग पेशा आर्थिक क्षेत्रमा सुरक्षित मानिने पेसा हो। तर यहाँ काम गर्ने कर्मचारीहरूले प्रायः ८ देखि १० घण्टासम्म कम्प्युटर अगाडि एउटै ठाउँमा बस्नुपर्ने हुन्छ। सेवाग्राहीको लगातार चाप, सिस्टमको तनाव, लक्ष्य प्राप्तिको दबाब आदि कारणले उनीहरूमा लगातार मानसिक तनाव र शारीरिक जटिलता देखिन्छ।
    लामो समय कुर्सीमा बस्दा ढाड र कम्मर दुख्ने,
    कम्प्युटरमा काम गर्दा आँखा पोल्ने,

    लगातार टाइप गर्दा हात र औँला दुख्ने,
    गम्भीर अवस्थामा स्पाइनल इन्जरीसमेत हुने जोखिम ,मानसिक थकान र अनिद्रा आदि समस्या देखिएको छ।
    शिक्षक पेशा पनि सम्मानित मानिन्छ, तर आजको शिक्षण प्रणालीमा शिक्षकले केवल पठन मात्र होइन, विद्यार्थीहरूको व्यवहार व्यवस्थापन, अभिभावकसँग समन्वय, प्रशासनिक काम, मूल्याङ्कन, अनलाइन पढाइ, रिपोर्टिङ आदि पनि गर्नुपर्छ।
    नियमित कक्षामा ५–६ घण्टा उभिएर पढाउँदा, लगातार बोल्दा, झुकिएर लेख्दा वा हेरचाह गर्दा उनीहरूमा शरीरका विभिन्न भागमा समस्या देखिन्छ।घुँडा दुख्ने ,घाँटी दुख्ने ,कम्मर दुख्ने ,
    माईग्रेन वा टाउको दुख्ने,तनाव र उच्च रक्तचाप
    कर्मचारीहरू दिनभर टेबल अगाडि बस्छन्, कागजात हेर्छन्, कम्प्युटर चलाउँछन्, भेटघाट गर्छन्। यस्तो एकनासको कामले गर्दा उनीहरूमा गतिशीलता हुँदैन, जसको कारण शारीरिक स्थिरता बिग्रन्छ।पिठ्युं दुख्ने,मांसपेशी कडापन,मोटोपन,डायबिटिज र उच्च रक्तचापको खतरा,मधुमेह र मानसिक चिउडोपन
    आदी,यस्ता समस्याका प्रमुख कारणमा,शारीरिक गतिविधिको कमी,गलत बसाइ तथा उठाइ,अत्यधिक मानसिक तनाव
    ,असन्तुलित आहार र थोरै पानी सेवन,आरामको अभाव, निद्रा कम हुने छन्।
    यस्ता समस्याबाट जोगिन वा न्यूनिकरण गर्न निम्न उपायहरू अवलम्वन गर्न सकिन्छ।

    क. नियमित व्यायाम:
    दिनमा कम्तीमा ३० मिनेट हिँड्ने, स्ट्रेचिङ गर्ने, योग गर्ने अभ्यास गर्नुपर्छ। कार्यालयमै सानो ब्रेक लिएर हल्का व्यायाम वा हिँडडुल गर्नु उपयोगी हुन्छ।
    ख. सही बसाइको शैली :
    काम गर्ने कुर्सी र टेबलको उचाइ मिलाएर बस्नुपर्छ। लामो समयसम्म एउटै बसाइमा नबस्ने।
    ग. आहार सुधार:
    सन्तुलित भोजन, पानी प्रशस्त सेवन, ताजा फलफूल र हरियो तरकारीको प्रयोगले शरीरलाई ऊर्जा दिन्छ।
    घ. मानसिक स्वास्थ्य:
    ध्यान, ध्यान केन्द्रित श्वास-प्रश्वास अभ्यास, पर्याप्त सुताइ, पारिवारिक समयले मानसिक सन्तुलन दिन्छ।
    ङ. व्यावसायिक नीतिमा सुधार:
    पेशागत क्षेत्रमा जागरूकता, समय व्यवस्थापन, कामको उचित बाँडफाँट र विश्रामको सुनिश्चितता आवश्यक छ।
    ६. निचोड
    वैक, शिक्षक, कार्यालय कर्मचारीजस्ता पेशाहरू सामाजिक र आर्थिक रूपमा सम्मानित छन्। तर यिनै पेशामा कार्यरत व्यक्तिहरूको शारीरिक अवस्था भने दिनप्रतिदिन कमजोर बन्दै गएको देखिन्छ। तिनीहरूको दिनभरको निष्क्रियता, मानसिक तनाव, गलत शारीरिक अभ्यास आदिले गर्दा उनीहरू सानातिना देखिने तर दीर्घकालीन पीडा दिने समस्याहरूको सिकार भइरहेका छन्।
    हामीले यस्ता समस्यालाई “सामान्य” मानेर नजरअन्दाज गरिरहेमा भविष्यमा दीर्घ रोगको खतरा हुन सक्छ। सामाजिक रूपमा सुखी देखिने पेशाहरू व्यक्तिगत रूपमा पीडादायी हुनेछन्।जसका कारण मानिसमा गम्भीर समस्या देखिन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट