आज: २०८३ जेष्ठ २३, शनिबार | Sat, 06, Jun, 2026

रौतहटमा भन्सार छलीका समानसहित पिकअप भ्यान पक्राउ


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • ६ पाठक संख्या
  • रौतहट। रौतहटमा प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित सवारी साधन पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।

    इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले दुर्गाभगवती गाउँपालिका–३ स्थित झाँझ पुल नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको करिब ९, हजार बराबरको माउन्टेन डीउ (२.२५ लिटर) ८१ थान बरामद गरेको हो।

    त्यसैगरी, आजै सनिवार जिल्ला प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय कोप्वा पिपरियाबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ बमनहर सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रदेश २-०३-००१ च २७२१ नम्बरको पिकअप गाडीमा अवैध रूपमा ल्याइँदै गरेको करिब ३, हजार किलो भारतीय गुड (मिठा) बरामद गरेको छ।

    प्रहरी टोलीलाई देख्नासाथ चालकले सामान लोड गरिएको पिकअप गाडी छाडी फरार भएको जनाइएको छ। बरामद सामानको अनुमानित मूल्य करिब १लाख,५०, हजार र गाडीको २०, लाख मूल्यांकन गरिएको प्रहरीले जनाएको छ। बरामद सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले जानकारी दिएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट