आज: २०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

आज रास्वपाको २९ जिल्लामा अधिवेसन हुदैँ


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ६ पाठक संख्या
  • काठमाडौं, २४ जेठ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको २९ वटा जिल्लामा जिल्ला अधिवेसन हुदैँछ । हिजो ३६ जिल्लामा जिल्ला अधिवेसन सम्पन्न गरेको रास्वपाले आज भने २९ जिल्लामा अधिवेसन गर्न लागेको हो । आज हुने अधिवेसनवाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ, जसले आसान्न स्थानिय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्ने छ ।

    आज कोशी प्रदेशका ४ जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा र मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाहीमा जिल्ला अधिवेसन हुदैँछ । बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुरमा अधिवेसन हुदाँ गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङले पनि नयाँ नेतृत्व चयनका लागि अधिवेसन गर्दैँछ ।

    उता, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठानमा जिल्ला अधिवेसनवाट नयाँ नेतृत्व आउँदै गर्दा कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लाले पनि अधिवेसनवाट नयाँ नेतृत्व पाउनेछ ।

    साथै, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आजै अधिवेशन हुनेछ। महाधिवेसन अघि गर्ने भनिएको ६६ जिल्लाको जिल्ला अधिवेसन मध्ये विशेष परिस्थितिका कारण मधेस प्रदेशको बारा जिल्ला अधिवेशन भने आगामी जेठ २६ गते हुँदैछ। योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ भने बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने रास्वपाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट