आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन मौसम विभागको आग्रह


  • आक्रमण न्युज
  • २०८३ भाद्र १९, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • १३ पाठक संख्या
  • काठमाडौ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा भारी वर्षा र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको जोखिम रहेको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसका कारण देशभर सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ३४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

    विभागका अनुसार आज दिउँसो र राति हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। साथै लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका तराई भू–भागका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने हावाहुरीसमेत चल्ने पूर्वानुमान छ।

    त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविद् महर्जनका अनुसार अझै तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट