आज: २०८३ भाद्र २२, सोमबार | Mon, 07, Sep, 2026

आजको राशिफल: वि.सं. २०८३ भाद्र २२ गते सोमबार


  • आक्रमण न्युज
  • २०८३ भाद्र २२, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • ९ पाठक संख्या
  • अध्यात्म/दर्शन

    वि.सं. २०८३ भाद्र २२ गते सोमबार, ई.सं. २०२६ सेप्टेम्बर ०७, ऋतु: वर्षा, अयन: दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको एकादशी तिथि, नक्षत्र: पुनर्वसु, चन्द्रमा मिथुन राशिमा, सूर्य सिंह राशिमा, योग: व्यतीपात, करण: बालव। आज अजा एकादशी व्रत परेको छ। आज नेपालमा सूर्योदय बिहान ०५:४५ बजे र सूर्यास्त साँझ ०६:१६ बजे हुनेछ।

    आज एकादशी व्रत परेकाले भगवान् विष्णुको पूजा, व्रत, ध्यान र साधना गर्दा शुभ फल प्राप्त हुन्छ। एकादशी व्रतको कथा सुन्नाले र निष्ठापूर्वक व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने शास्त्रमा उल्लेख छ।

    मेष राशि: नसरा तथा जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। अल्छिपना बढ्ने छ। वैदेशिक यात्रा तथा नयाँ कार्यको शुभारम्भका लागि समय उत्तम छ। कुलदेवतालाई मिष्ठान्न अर्पण गरी दिनको सुरुवात गर्नुहोला। शुभ रङ: खैरो, शुभ अङ्क: ३

    वृष राशि: ज्येष्ठ नागरिकको सम्मान र सेवा गर्ने अवसर प्राप्त हुनेछ। बोलीको प्रभावले रोकिएका महत्त्वपूर्ण काम बन्नेछन्। आज गरिब तथा असहायहरूलाई खिर भोजन गराउनु शुभ हुनेछ। शुभ रङ: हल्का सेतो, शुभ अङ्क: ७

    मिथुन राशि: आजको दिन अत्यन्त शुभ छ। नयाँ योजना बनाउन र नयाँ कामको शुभारम्भ गर्न समय अनुकूल छ। पारिवारिक सुख मिल्नेछ। गुरु तथा मातापिताको सेवा गर्नुहोला। आज केरा दान गर्दा कल्याण हुनेछ। शुभ रङ: कालो, शुभ अङ्क: १

    कर्कट राशि: नयाँ वस्तुको खरिद-बिक्रीका लागि दिन शुभ छ। निर्माणसम्बन्धी कार्य अगाडि बढाउन आजको दिन महत्त्वपूर्ण रहनेछ। आज चिनी वा मिस्री दान गर्नाले शुभ फल प्राप्त हुनेछ। शुभ रङ: गाढा सेतो, शुभ अङ्क: ९

    सिंह राशि: शरीरमा स्फूर्ति रहनेछ र नयाँ अवसरहरू प्राप्त हुने योग छ। सामान्य हाडजोर्नीमा चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनुहोला। आमाबुवाको आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला। शुभ रङ: हरियो, शुभ अङ्क: १३

    कन्या राशि: जागिरमा सोचेजस्तो लाभ नमिल्न सक्छ, तर व्यापार-व्यवसायबाट राम्रो लाभ हुनेछ। मावली तथा माइती पक्षबाट सुख प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध स्थिर रहनेछ। आज मुँगको दाल दान गरेर दिनको सुरुवात गर्नुहोला। शुभ रङ: कालो, शुभ अङ्क: ४

    तुला राशि: घमण्ड र अभिमान घट्दै जानेछ। व्यापारमा लाभ मिल्नेछ। दाजुभाइसँगको सम्बन्धमा केही खटपट हुन सक्छ। विपरीत लिङ्गीप्रतिको आकर्षण बढ्नेछ। आज फलामजन्य वस्तुको प्रयोग कम गर्नुहोला। शुभ रङ: हरियो, शुभ अङ्क: २

    वृश्चिक राशि: पराक्रम र उत्साह बढ्ने समय छ। सञ्चारका माध्यमबाट शुभ समाचार पाइनेछ। रोकिएका कामहरू बन्दै जानेछन्। पारिवारिक सुख प्राप्त हुनेछ। साँझपख पिपलको वृक्षको दर्शन गर्दा शुभ हुनेछ। शुभ रङ: बैजनी, शुभ अङ्क: ८

    धनु राशि: पारिवारिक झैझगडा र झमेला बढ्न सक्छ। मन उदास हुने र एकान्त प्रिय लाग्नेछ। काम गर्ने जाँगरमा कमी आउनेछ भने बोलीमा रुखोपन आउन सक्छ। आज शनि चालिसा पाठ गरी दिनको सुरुवात गर्नुहोला। शुभ रङ: पहेँलो, शुभ अङ्क: ५

    मकर राशि: देवीदेवताको सेवा र पूजापाठ गर्ने अवसर प्राप्त हुनेछ। दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ। धन वृद्धि हुनेछ भने बोलीको प्रभाव बढ्नेछ। आज गहुँबाट बनेका परिकार खाने र खुवाउनाले शुभ फल प्राप्त हुनेछ। शुभ रङ: निलो, शुभ अङ्क: १२

    कुम्भ राशि: मनोरञ्जनमा दिन बित्नेछ। सोचेका कामहरू पूरा हुनेछन्। आज कसैको पनि अपमान नगर्नुहोला, ईश्वरको कृपा प्राप्त हुनेछ। जीवनसाथी वा साझेदारसँग राम्रो सम्बन्ध कायम राख्दा फाइदा हुनेछ। शुभ रङ: सेतो, शुभ अङ्क: ६

    मीन राशि: भगवान् शिवको दर्शन गरी दिनको शुभारम्भ गर्नुहोला। सन्तानबाट सुख प्राप्त हुनेछ। धन-सम्पत्ति तथा रत्न आदिबाट लाभ मिल्नेछ। पेटसम्बन्धी समस्या भने कायमै रहन सक्छ। शुभ रङ: पहेँलो, शुभ अङ्क: १७

    डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट