
धनगढी । गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भयो । सुशासनको नारा दिएका कारण आन्दोलनमा सोचे भन्दा धेरै मानिसको स्वस्फूर्त सहभागिता पनि रह्यो । भदौ २३ गतेको आन्दालन हिंसात्मक बनेपछि भदौ २४ गते देशभर आगजनी र तोडफोड भयो । २४ गते देशभर ठूलो जनधनको क्षेति भयो । एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा बनेको सरकार ढल्यो । नयाँ सरकार बन्यो ।
आन्दोलन पछि बनेको सरकारले देशमा सुशासन कायम गर्ने ठुलो अपेक्षा नागरिकमा थियो । ‘आन्दोलनको राप र तापबाट आएको हुदा नयाँ सरकार बनेपछि देशमा ठूलो परिवतृन हुने अपेक्षा गरेका थियौं,’ धनगढी–३ की दुर्गा सिवाकोटीले भनिन्, ‘तर अहिले सम्म त्यसतो देखिने कुनै काम गरेको छैन, जे सोचेका थियौं, त्यो भएकै छैन ।’
चुनाव अघि सरकारमा रहेका व्यक्तिले पुराना दललाई धेरै गालि गर्नेकाम गरेपनि अहिले चुप–चाप बसेको उनको आरोप छ । ‘धेरै भ्रष्ट्राचार गरेको भन्दै अहिले सरकारमै भएका व्यक्तिले चर्को नारा लगाएका थिए, सरकार बनेपछि ती भ्रष्ट्राचारीलाई कारवाही होला भन्ने सोचेका थियों,’ उनले भनिन्, ‘तर ६ महिना सम्म सरकारले त्यता तर्फ कुनै कदम नचालेको देख्दा दुःख लागेको छ ।’
शान्तिपूर्ण जेनजी आन्दोलमा सहभागि भएका कैलाली बहुमुखी क्याम्सपमा अध्ययनरत विद्यार्थी युवराज उपाध्यायले पनि आन्दोलनको मर्म अनुसार सरकारका गतिविधि सञ्चालन हुन नसकेको गुनासो गरे । ‘निराश भएका युवाले धेरै आशा बोकेर आन्दोनमा सहभागि भएका हौं,’ उनले भने, ‘तर अहिले पनि परिवर्तनको कुनै संकेत देखिएको छैन, निराशा उस्तै छ ।’ उनले जेनजी आन्दोलन पछि जे सोच भएको थियो, सो अनुसार कुनै परिवर्तन नभएको बताए ।
धनगढी–१ का अशोकराज उपाध्याय भने परिवर्तन हुन केही समय लाग्ने भएका कारण अहिलै सरकार प्रतिको धारणा बनाउन हतार हुने बताउँछन् । ‘युवाहरुले चलाएको सरकारले केही गर्छहोला भन्ने अपेक्षा छ,’ उनले भने, ‘सुशासनका सवालमा केही काम भएको अनुभूती पनि भइरहेको छ, सवैकुरा परिवतृन हुन केही समय लाग्नसक्छ, त्यसलाई सुधार गर्नु आवश्यक छ ।’ उनले सरकार निकायको सेवा प्रवाहमा हुन ढिलासुस्ती भने अझै पनि उस्तै रहेको बताए । सरकारी निकायमा हुने कामको शैलि परिवर्तन हुनुजरुरी छ, नागरिकका निराशा बढ्नेको प्रमुख कारण पनि सरकारी सेवामा हुने झण्झट र ढिलासुस्ती हो, यसतर्फ सरकारको ध्यान गएको जस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस