आज: २०८३ भाद्र २४, बुधबार | Wed, 09, Sep, 2026

आजको राशिफल: वि.सं. २०८३ भदौ २४ गते बुधबार


  • आक्रमण न्युज
  • २०८३ भाद्र २४, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • ११ पाठक संख्या
  • अध्यात्म/दर्शन

    वि.सं. २०८३ भदौ २४ गते बुधबार, ई.सं. २०२६ सेप्टेम्बर ०९, नेपाल संवत् ११४६, वर्षा ऋतु, दक्षिणायन, भाद्र कृष्ण पक्ष, त्रयोदशी तिथि। अश्लेषा नक्षत्र, कर्कट राशिमा चन्द्रमा र सिंह राशिमा सूर्य। शिव योग, वणिज करण। आज नेपालमा सूर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१४ बजे हुनेछ।

    आज चह्रे पूजा तथा यँ पञ्चदान परेको छ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन लगाउनाले मानसिक शान्ति प्राप्त हुनेछ। शिव योग परेकाले भगवान् शिवको स्मरण, ध्यान तथा साधना गर्नाले शुभ फल मिल्नेछ। पितृ तथा देवकार्यमा श्रद्धा राख्दै दानपुण्य गर्नुहोला। बिहानको समयलाई सदुपयोग गरी महत्त्वपूर्ण कार्य सुरुवात गर्नु उत्तम रहनेछ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    काममा नयाँ जिम्मेवारी थपिनेछ। आर्थिक कारोबारमा सोचेर निर्णय लिनुहोला। टाढिएका आफन्तसँग पुनः सम्पर्क हुने योग छ। यात्राको अवसर प्राप्त हुन सक्छ। बिहान सूर्यदेवलाई जल अर्पण गरी दिनको शुभारम्भ गर्नुहोला।

    शुभ रङ: रातो | शुभ अङ्क: ६

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    व्यापार-व्यवसायमा सुधार आउनेछ। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछन्। परिवारका सदस्यबाट सहयोग मिल्नेछ। गाईलाई हरियो घाँस वा भोजन गराउनुहोला।

    शुभ रङ: हल्का सेतो | शुभ अङ्क: ४

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मनमा उत्साह बढ्नेछ। नयाँ व्यक्तिसँगको सम्पर्कले भविष्यमा फाइदा पुर्‍याउनेछ। अध्ययन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ। अनावश्यक खर्चबाट भने जोगिनुहोला। गणेशजीको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।

    शुभ रङ: हरियो | शुभ अङ्क: ८

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    चन्द्रमाको प्रभावले मन संवेदनशील रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धन प्राप्तिको नयाँ बाटो खुल्ने योग छ। घरायसी विषयमा महत्त्वपूर्ण निर्णय लिन सक्नुहुनेछ। साँझ चन्द्रमालाई जल अर्पण गर्नुहोला।

    शुभ रङ: नीलो | शुभ अङ्क: २

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    प्रतिष्ठा तथा सामाजिक प्रभाव बढ्नेछ। नयाँ कामको अवसर प्राप्त हुन सक्छ। उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग छ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। बुबाको आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला।

    शुभ रङ: सुन्तला | शुभ अङ्क: ९

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    काममा व्यस्तता बढ्नेछ। व्यापारबाट सामान्य लाभ मिल्नेछ। स्वास्थ्यमा आलस्य तथा थकान महसुस हुन सक्छ। परिवारको सल्लाह लिएर महत्त्वपूर्ण निर्णय गर्नुहोला। हरियो मुङ दान गर्नु शुभ रहनेछ।

    शुभ रङ: हल्का हरियो | शुभ अङ्क: ५

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    सामाजिक सम्बन्ध विस्तार हुनेछ। मित्र तथा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। आर्थिक क्षेत्रमा अनावश्यक जोखिम नलिनुहोला। सुगन्धित वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।

    शुभ रङ: गुलाबी | शुभ अङ्क: ७

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    पराक्रम बढ्नेछ। सुरु गरेका कामलाई निरन्तरता दिन सकिनेछ। शुभ समाचार प्राप्त हुने योग छ। पारिवारिक वातावरण अनुकूल रहनेछ। हनुमानजीको स्मरण गरेर दिनको शुभारम्भ गर्नुहोला।

    शुभ रङ: बैंगनी | शुभ अङ्क: ३

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    कामको चाप बढ्नेछ। पारिवारिक विषयमा समय दिनुपर्ने हुन सक्छ। मनमा द्विविधा उत्पन्न भए पनि धैर्य राख्नुहोला। व्यापार तथा नोकरीको अवस्था सामान्य रहनेछ। पहेँलो फलफूल दान गर्नुहोला।

    शुभ रङ: पहेँलो | शुभ अङ्क: १

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    आर्थिक लाभको सम्भावना बढ्नेछ। मेहनतको उचित परिणाम प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा कार्यको प्रशंसा हुनेछ। पारिवारिक जिम्मेवारी भने बढ्न सक्छ। श्रमजीवी व्यक्तिलाई भोजन वा आवश्यक सामग्री सहयोग गर्नुहोला।

    शुभ रङ: नीलो | शुभ अङ्क: ११

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    ज्ञान तथा अध्ययनको क्षेत्रमा प्रगति हुनेछ। नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। पारिवारिक विषयले मनमा केही चिन्ता बढाउन सक्छ। बोलीमा संयम राख्नुहोला। कालो तिल दान गर्नुहोला।

    शुभ रङ: फुस्रो | शुभ अङ्क: २

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    दिन सकारात्मक रहनेछ। आर्थिक पक्षमा सुधार आउने योग छ। प्रेम तथा पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। भगवान् विष्णुको ध्यान गरी दिनको शुभारम्भ गर्नुहोला।

    शुभ रङ: हल्का पहेँलो | शुभ अङ्क: ९

    डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट