
आजको राशिफलः वि.सं. २०८३ भदौ २६ गते शुक्रबार, ई.सं. २०२६ सेप्टेम्बर ११। ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्ष, कुशे औँशी, नक्षत्रः पूर्वफाल्गुनी, चन्द्रमा सिंह राशिमा, सूर्य सिंह राशिमा, योगः साध्य, करणः नाग। आज नेपालमा सूर्योदय बिहान ५:४७ बजे र सूर्यास्त साँझ ६:१२ बजे हुनेछ।
आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन तथा पिता सम्मान दिवस रहेको छ। साथै नेपाली साहित्यका आदिकवि मोतीराम भट्टको जन्मजयन्ती पनि आजै परेको छ। आज बुबाको सम्मान, सेवा तथा आशीर्वाद ग्रहण गर्नाले पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने विश्वास गरिन्छ। कुशको धार्मिक महत्त्व रहेकाले आज कुश घरमा भित्र्याई पूजा तथा धार्मिक कार्यमा प्रयोग गर्नु शुभ मानिन्छ। मोतीराम भट्टले नेपाली साहित्यको विकासमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै साहित्य तथा अध्ययनप्रति रुचि बढाउनु पनि आजको दिनको विशेष महत्त्व हो।
मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको अवसर प्राप्त हुनेछ। आर्थिक पक्षमा क्रमशः सुधार आउनेछ। आफन्त तथा परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्ने योग छ। आज बुबाको सेवा गरी आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः रातो, शुभ अङ्कः ५)
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। रोकिएको रकम हात पर्ने सम्भावना छ। बोलीको प्रभाव बढ्नेछ र महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाट उपयोगी बन्नेछ। आज बुबालाई मनपर्ने वस्तु उपहार दिनुहोला, शुभ हुनेछ। (शुभ रङः हल्का सेतो, शुभ अङ्कः ८)
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन तथा बौद्धिक कार्यमा प्रगति हुनेछ। नयाँ योजना बनाउनका लागि समय राम्रो छ। पारिवारिक विषयमा केही जिम्मेवारी थपिन सक्छ। आज कुनै वृद्ध व्यक्तिको सम्मान तथा सहयोग गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः हरियो, शुभ अङ्कः ३)
कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक लाभको अवसर प्राप्त हुनेछ। घरपरिवारमा सुखद वातावरण बन्नेछ। नयाँ वस्तु खरिद गर्ने अवसर आउन सक्छ। मनमा रहेका केही चिन्ता कम हुँदै जानेछन्। आज बिहान दूध वा चामल दान गर्नुहोला, शुभ हुनेछ। (शुभ रङः निलो, शुभ अङ्कः ६)
सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन उत्साहजनक रहनेछ। मानसम्मान तथा प्रतिष्ठा बढ्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त होला। आफ्नो निर्णय क्षमताले महत्त्वपूर्ण काममा सफलता दिलाउनेछ। आज बुबाको चरण स्पर्श गरी आशीर्वाद लिनुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः सुन्तला, शुभ अङ्कः १)
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काममा केही ढिलाइ भए पनि परिणाम सकारात्मक आउनेछ। व्यापारमा सामान्य लाभ होला। यात्राको योजना बन्न सक्छ। पारिवारिक कुरामा अनावश्यक चिन्ता नगर्नुहोला। आज हरियो वस्तु दान गर्नु शुभ रहनेछ। (शुभ रङः हल्का हरियो, शुभ अङ्कः ९)
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सम्बन्ध विस्तार हुनेछ। मित्र तथा आफन्तबाट सहयोग प्राप्त होला। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। मनोरञ्जनमा समय बित्ने योग छ। आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला, शुभ रहनेछ। (शुभ रङः गुलाबी, शुभ अङ्कः ७)
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रम बढ्नेछ। रोकिएका कामहरू क्रमशः पूरा हुँदै जानेछन्। सञ्चार तथा सम्पर्कको माध्यमबाट लाभ प्राप्त होला। आर्थिक पक्ष बलियो बन्ने योग छ। आज हनुमानजीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः बैजनी, शुभ अङ्कः ४)
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज काममा केही व्यस्तता बढ्नेछ। पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्ने हुन सक्छ। मनमा द्विविधा आए पनि हतारमा निर्णय नगर्नुहोला। व्यापार तथा नोकरीको अवस्था सामान्य रहनेछ। आज पहेंलो फलफूल दान गर्नुहोला, शुभ हुनेछ। (शुभ रङः पहेंलो, शुभ अङ्कः २)
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आर्थिक पक्षमा सुधार आउनेछ। मेहनतको उचित परिणाम प्राप्त होला। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। परिवारका ज्येष्ठ सदस्यबाट महत्त्वपूर्ण सल्लाह प्राप्त हुन सक्छ। आज बुबाको सम्मान गरी आवश्यक सहयोग गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः निलो, शुभ अङ्कः ११)
कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द) ज्ञान तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। साहित्य, लेखन तथा अध्ययनमा रुचि बढ्ने योग छ। पारिवारिक चिन्ता केही बढ्न सक्छ। आफ्नो कुरा राख्दा बोलीमा संयम अपनाउनुहोला। आज कुनै विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुहोला, शुभ हुनेछ। (शुभ रङः फुस्रो, शुभ अङ्कः ६)
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आजको दिन शुभ रहनेछ। धन तथा सम्पत्तिबाट लाभ प्राप्त हुने योग छ। सन्तान पक्षबाट सुख प्राप्त होला। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आज भगवान् विष्णुको ध्यान गरी दिनको शुभारम्भ गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङः हल्का पहेंलो, शुभ अङ्कः ९)
डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )

प्रतिक्रिया दिनुहोस