आज: २०८३ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2026

दशैं टीकाका लागि उत्तम साइत बिहान १०:२६ बजे


  • आक्रमण न्युज
  • २०८३ कार्तिक ५, बुधबार मा प्रकाशित ४९ मिनेट अघि
  • १० पाठक संख्या
  • काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँ अन्तर्गत विजयादशमी (टीका) को दिनको शुभसाइत सार्वजनिक गरिसकेको छ।

    समितिका अनुसार यस वर्षको विजयादशमीको टीकाका लागि उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।

    चाडपर्वका अवसरमा जानकारी दिँदै समितिले यस वर्षको विजयादशमीसम्बन्धी प्रमुख साइतहरू यसप्रकार निर्धारण गरेको जनाएको छ, जसअनुसार देवी विसर्जनको साइत बिहान ०८:४९ बजे र टीका ग्रहण गर्ने उत्तम साइत बिहान १०:२६ बजे रहेकाे छ।

    समितिले यस वर्ष विजयादशमीको दिन टीका ग्रहण गर्दा पश्चिम दिशातर्फ फर्कनुपर्ने स्पष्ट पारेको छ। मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी बडादसैँ हर्षोल्लासका साथ मनाउन चाहनेहरूका लागि यो साइत निर्धारण गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑