आज: २०८२ पौष २, बुधबार | Wed, 17, Dec, 2025

रोटरी क्लब अफ डिल्लिबजारको रक्तदान कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १६१ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजारले आज आफ्नो तेस्रो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लबले चालु रोटरी वर्ष २०२५–२०२६ अन्तर्गत कुल १२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको मध्ये यो तेस्रो कार्यक्रम हो।

    रक्तदान कार्यक्रम डिल्लिबजारस्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न भएको थियो। क्लबका पदाधिकारी, सदस्यहरू र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

    रोटरी क्लब अफ डिल्लिबजारले आगामी महिनाहरूमा पनि यही मन्दिर परिसरमा बाँकी ९ वटा रक्तदान कार्यक्रम क्रमशः सञ्चालन गर्ने जनाएको छ। क्लबका पदाधिकारीहरूका अनुसार नियमित रूपमा रक्तदान अभियान सञ्चालन गरेर समुदायमा सहयोग र मानव सेवा प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट