आज: २०८२ पौष २, बुधबार | Wed, 17, Dec, 2025

भरतपुरका स्थानिय जन सहभागितामा जलेर खरानी भएको प्रहरी बिट निर्माण गरि प्रहरीलाई हस्तान्तरण


  • आक्रमण न्युज
  • २०८२ आश्विन ७, मंगलबार मा प्रकाशित २ महिना अघि
  • २८७ पाठक संख्या
  • शंकर सुवेदी
    भरतपुर ०७,२०८२, भरतपुर जिल्ला प्रशासन कार्यलय नजिकै रहेको भरतपुर बसर्पाक प्रहरी बिटलाई स्थानिय बासिन्दाको आर्थिक सहयोगमा मर्मत तथा पुर्ननिमार्ण गरि आज मंगलबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द्र पुरीलाई चाबि हस्तान्त्रण गरेका छन् । यहि भाद्र २३ र २४ गते जेन्जि समुहको आन्दोलन क्रममा प्रहरी बिटमा आन्दोलनकारीहरुले लगाएको आगाका कारण प्रहरी बिट पुर्ण रुपमा जलेको थियो । कार्यक्रममा चितवन जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले सम्पुर्ण निमार्ण कार्यमा हातेमालो गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिदैं यस किसिमको कार्यले प्रहरीको आत्मबल बढेको र समुदायप्रति प्रहरीको श्रद्धा र आदर उच्च भएकोे बताए । कतिपय खराब सोच भएका ब्यक्तिलाई यो प्रहरी बिट यहाँबाट हटाउन सकिन्छ कि भन्ने लागेको भए पनि समुदायको सक्रिय सहभागितामा धेरै चाडो निमार्ण कार्य सम्पन्न भएकोमा खुसि ब्यक्त गरे । यसरी नै जलेका संरचनालाई जनसहभागीताबाट निमार्ण गर्न सके चाडै नै पहिलाको स्थितिमा आउन सक्ने उनले बताए ।
    पुर्ननिमार्ण समितिकी सदस्य शर्मिला पण्डितले संचालन गर्नु भएको कार्यक्रममा होटल ब्यवसायी संघ भरतपुर इकाइका संयोजक एवं भरतपुर बसपार्क प्रहरी विट मर्मत तथा पुर्ननिमार्ण समितिका अध्यक्ष रामचन्द्र लामिछानेले यो प्रहरी बिट हामीसबैको साझा भएकोले सम्पुर्ण स्थानिय जन सहभागीतामा कार्य सुरु गरेको ९ दिनमा कार्य सम्पन्न गरि चाबि हस्तान्तरण गर्न सफल भएको बताए । १३७ जना सहयोगीबाट नगद र जिन्सी गरि करिब ५ लाख २० हजार रुपैया संकलन भएको पुर्ननिमार्ण समितिका सदस्य निराजन रेग्मीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट