
नेपाली राजनीति अस्वाभाविक रूपमा तातेको छ । आज नेपाली राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति । दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो ।
जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन होइन ! आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । नया राजनीतिक दलको अभ्यास भावनात्मक रूपमा प्रभावशाली देखिए पनि वैचारिक रूपमा सतही मा देखिएकोछ । भ्रष्टाचारविरुद्धको नारा, पुराना दलमाथिको आक्रोश र ‘सिस्टम फेल भयो’ भन्ने निष्कर्ष नया दलले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । तर, प्रश्न उठ्छ- सिस्टम फेल भयो भने नयाँ सिस्टम के हो ? राज्यको भूमिका के हुने ? अर्थतन्त्र कसरी चल्ने ?
सार्वजनिक लगानी, निजी क्षेत्र, श्रम बजार, सामाजिक सुरक्षा र राष्ट्रिय उत्पादनको मोडेलबारे उनको ठोस दस्ताबेज कहाँ छ ? राज्य सञ्चालन कुनै टेलिभिजन बहस होइन, जहाँ प्रश्न सोधेर लोकप्रियता कमाउन सकियोस् । राज्य निर्णयको निरन्तर शृङ्खला हो, जहाँ प्रत्येक निर्णयले अर्को पुस्तासम्म असर पार्छ । राजनीतिमा अहिले निर्णयभन्दा प्रतिक्रिया बढी देखिन्छ । प्रतिक्रिया लोकप्रिय हुन सक्छ, नीति लोकप्रियताबाट होइन, दूर दृष्टिबाट तय हुन्छ । तर, देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो ।लोकतन्त्र व्यक्तिको होइन, संस्थाको शासन हो ।
बालेन मा देखिएको देश चलाउने कला वैचारिक भन्दा भावनात्मक आधारमा मजबुत भएर उभिएको देखिन्छ । बालेनको उदय दर्शन होइन, आत्मियता हो । यस्तो पवित्र उदयले देश चलाउन सजिलो हुन्छ । इतिहासमा बालेनको उदयले सधैँ संस्थागत र स्थिरता जन्माउछ भन्ने कुरा प्रमाणित गरेको देखिन्छ ! नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ । हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा बालेन सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । बालेन को सम्भावित उदयले यही कुरा जन्माएको छ ।
बालेन कुनै सत्ता–लोभ का लागि आएका होइनन, उनि त यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको उपज हुन। अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता ले बालेन जस्तो व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ ! राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित प्रखर रुपमा उजागर हुन्छ । तर, विगतका वर्षहरूमा यी पुराना शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसेको परिणाम हो। यहि परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो ।
आज देशका लागि कुनै वैकल्पिक रणनीति होइन, बालेन जस्तो ब्यक्तिको आवश्यकता छ ! यो आवश्यकता सिटको गणितका लागि होइन, देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो, चेतना होस !
प्रतिक्रिया दिनुहोस