आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

नेकपा एसका खैरहनी नगर अध्यक्ष दुर्गा अर्याल एमाले प्रवेश


  • आक्रमण न्युज
  • २०८१ अषाढ १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५२८ पाठक संख्या
  • आषाढ १३, २०८१
    चितवन । नेकपा एकिकृत समाजवादी खैरहनी नगरपालिका चितवनका पार्टी नगर कमिटी अध्यक्ष दुर्गादत्त अर्याल एमाले प्रवेश गरेका छन् ।
    नेकपा एसका चितवन जिल्ला सचिवालय सदस्य समेत रहेका अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका छन् । नेकपा एस परित्यागको घोषणापश्चात उनले नेकपा एमालेको सदस्यता समेत लिएका छन् ।
    अर्यालले नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा आएर सदस्यता लिएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
    अर्यालले नेकपा एस परित्यागको घोषणा गर्दै लेखेका छन्, ‘नेकपा एसको संगठित सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएर आफूले सकेको योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
    आफू विगतमा बाटो बिराएर अन्यत्र अल्मलिन पुगेको बताउँदै अर्यालले अल्मलिएर बसिरहनुभएका सम्पूर्णलाई नेकपा एमालेमा नै फर्किएर सुर्य धोजा बाहाक विशाल नेपाल कम्युनिस्ट पार्टी निर्माणको अभियानमा जुट्न आह्वान गरेका छन् ।
    अर्याल विगतमा नेकपा एमाले चितवनको जिल्ला कमिटी सदस्य भइसकेका व्यक्ति हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑