आज: २०८३ आश्विन ८, बिहिबार | Thu, 24, Sep, 2026

कांग्रेसको १५औँ महाधिवेशन : चितवन–३ बाट खस आर्यतर्फ गणेश पौडेलको उम्मेदवारी


  • आक्रमण न्युज
  • २०८३ आश्विन ८, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • २० पाठक संख्या
  • विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका पौडेलले पार्टीका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका पौडेलले युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई विशेष प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

    पौडेलले नेपाली कांग्रेसलाई अझै बलियो, व्यवस्थित र युवामैत्री संगठनका रूपमा अघि बढाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। **युवाका आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा पुग्नुपर्ने** उनको धारणा छ।

    महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा युवाका मुद्दा, सामाजिक विकास, संगठन सुदृढीकरण तथा कार्यकर्ताका सवाललाई प्राथमिकताका साथ उठाउने पौडेलले बताएका छन्। पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिँदै अनुभवी नेतृत्व र युवाबीचको समन्वयबाट संगठनलाई थप मजबुत बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ।

    आफ्नो उम्मेदवारीका क्रममा पौडेलले **चितवन क्षेत्र नम्बर ३ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफूलाई समर्थन गरी विजयी गराउन आग्रह गरेका छन्।** उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पदका लागि मात्र नभई युवाको प्रतिनिधित्व र पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले रहेको बताएका छन्।

    पौडेलले भनेका छन्, **“युवाको आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्न तपाईंहरूको साथ, सहयोग र मतको आवश्यकता छ। त्यसैले चितवन क्षेत्र नम्बर ३ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेदवारीलाई समर्थन गरी विजयी गराइदिन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरूमा हार्दिक अनुरोध गर्दछु।”**

    उनले आफूलाई प्राप्त हुने जिम्मेवारीलाई इमानदारी, सक्रियता र जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    विद्यार्थी जीवनबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा पनि **राजनीति र सामाजिक सेवामार्फत जनताको पक्षमा काम गर्ने** पौडेलले बताएका छन्।

    चितवन कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेका बेला क्षेत्र नम्बर ३ बाट खस आर्यतर्फ पौडेलको उम्मेदवारीले युवा सहभागिताको विषयलाई समेत चर्चामा ल्याएको छ।

    **“युवा पुस्ताको आवाज, संगठनको सुदृढीकरण र सामाजिक सेवाका लागि गणेश पौडेललाई मत दिऔँ, विजयी गराऔँ।”**

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट