आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ श्रावण २३, बुधबार मा प्रकाशित २ साल अघि
  • २१२ पाठक संख्या
  • श्रावण २३, २०८१
    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर(७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
    काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो ।
    हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ ।
    प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ । प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट