आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

बोस्टन इन्टरनेशनल कलेज भरतपुरमा ‘Project Exhibition V4.0’ र ‘Art Fusion 1.0’ हुँदै


  • आक्रमण न्युज
  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित ४ महिना अघि
  • १७० पाठक संख्या
  • एलिशा तिमिल्सिना

    चितवन । भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजले सोमवार सूचना प्रविधि, नवप्रवर्तन, कला र उद्यमशीलताको संगमस्वरूप ‘Project Exhibition V4.0’ तथा ‘Art Fusion 1.0’ आयोजना गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो।

    कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलका अनुसार, विद्यार्थीहरूको सिर्जनशील सोचलाई व्यवहारिक रूपान्तरण गर्दै समस्या समाधानतर्फ उन्मुख गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “यो प्लेटफर्म अनुसन्धान, प्रयोग र प्रस्तुति — तीनै तहमा विद्यार्थीको सक्रियता सुनिश्चित गर्ने अवसर हो।”

    २५ भन्दा बढी नवप्रवर्तन परियोजनाको प्रदर्शनी

    Project Exhibition V4.0 मा कलेजका सूचना प्रविधि सम्बन्धी विद्यार्थीहरूले तयार पारेका २५ भन्दा बढी प्रोजेक्ट प्रदर्शनीमा रहनेछन्। प्रदर्शित परियोजनाहरूमा डिजिटल समाज व्यवस्थापन प्रणाली ‘Pariwartan’, सीप र सेवामूलक नेटवर्किङ प्लेटफर्म ‘Karma Yogi’, जनावर हेरचाह प्रणाली ‘Petify’ र वायु गुणस्तर मापन गर्ने स्मार्ट उपकरण ‘Aura’ विशेष आकर्षण हुनेछन्।

     

    त्यसैगरी, Smart Wheelchair, SignTalk, Period Tracker, Club Connect, Gantabya, Stylenest, Mero Events, Sahara, र Yatra जस्ता परियोजनाहरूले प्रविधिमार्फत सामाजिक सशक्तीकरणमा योगदान पुर्‍याउनेछन्।

    Boston Incubation for Growth अन्तर्गतको स्टार्टअप प्रस्तुति

    कार्यक्रमसँगै हुने ‘Demo Day V6.0’ मा कलेज अन्तर्गत सञ्चालित Boston Incubation for Growth (BIG) बाट उत्पादन भएका नव स्टार्टअपहरूको प्रस्तुति समेत गरिनेछ। कलेजका अध्यक्ष आनन्द बहादुर चन्दका अनुसार, Brikshya, Maali Dai र Weebmart जस्ता स्टार्टअपहरूले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट क्रमशः ११ लाख, ८ लाख ५० हजार र ६ लाख २५ हजार रुपैयाँको Startup Seed Fund प्राप्त गरेका छन्।

     

    त्यस्तै The Heritage Fade, The Vertical र Mugs and Mind जस्ता नव स्टार्टअपले पनि कार्यक्रमलाई थप आकर्षक बनाउने जनाइएको छ।

    कला र भावनाको रङ ‘Art Fusion 1.0’ मा

    यसै अवसरमा आयोजना हुने ‘Art Fusion 1.0 – Colours of Expression’ मा विद्यार्थीहरूले चित्रकला, डिजाइन र रङमार्फत सामाजिक सन्देश, भावना र सिर्जनशीलता प्रस्तुत गर्नेछन्। कला र प्रविधिको समन्वयले विद्यार्थीहरूलाई नेतृत्व विकास, नवप्रवर्तनशील सोच र सामाजिक योगदानतर्फ उत्प्रेरित गर्ने विश्वास आयोजकको छ।

    कलेजका अनुसार चितवन र नवलपुरका ७५ भन्दा बढी शैक्षिक संस्थाका +2 तथा स्नातक तहका विद्यार्थीहरूको सक्रिय अवलोकन सहभागिता रहनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट