आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

गणित शिक्षा परिषद चितवन शाखाकाे ८औं  अधिवेशन सम्पन्न : अध्यक्षमा बसन्त राज लामिछाने


  • आक्रमण न्युज
  • २०८२ कार्तिक १, शनिबार मा प्रकाशित १ महिना अघि
  • ३९८ पाठक संख्या
  • चितवन / गणित शिक्षा परिषदको १५औं साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा बसन्त राज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
    देवीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गणित शिक्षा परिषद् केन्द्रीय सदस्य गुरुप्रसाद पौडेल, वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रेम सागर भण्डारी , पूर्व क्याम्पस प्रमुख दयाराम पौडेल , परिषदका पूर्वअध्यक्षहरू, शिक्षाविद्, विभिन्न विद्यालयका गणित शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेकाे  थियो । विगत तीन वर्षमा भएका गतिविधि समेटिएको सचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत उपस्थित भेलाले सर्वसहमत रुपमा पारित गरेको थियो । उपस्थित भेलाबाट परिषद्को अध्यक्षमा बसन्तराज लामिछाने, उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा प्रकाश सुवेदी, कोषाध्यक्षमा शकुन्तला अधिकारी सहित नौ सदस्य कार्यसमिति चयन गरेको छ भने परिषद्को विधान बमोजिम ११ सदस्यमा दुई सदस्यहरू कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।
    गणित शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास, अनुसन्धान प्रवर्द्धन र विद्यार्थीमा गणितप्रतिको रुचि बढाउने विषयलाई प्रथामिक्तामा राख्दै सर्वसम्मत रुपमा नवनियुक्त  अध्यक्षमा निर्वाचित भएपछि परिषद्का अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा कार्यसमितिमा रहेका सबै सदस्यहरूले वर्षको एक दिन बराबरको तलब रकम परिषदमा जम्मा गर्ने , देश तथा विदेश जुनसुकै ठाउँमा गएपनि कार्यसमितिका सदस्यहरूले तलब तथा भत्ताको रुपमा केही पनि  नलिने, चितवन जिल्ला भर रहेका स्थानीय तहहरूमा कम्तिमा एउटा स्थानीय स्तरको कार्यक्रम हरेक पालिकामा सञ्चालन गर्ने, प्रकाशित हुँदै आएका बुलेटिनहरूलाई निरन्तरता दिने, चितवन जिल्लास्तरीय गणित शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गर्ने ,स्टिम शिक्षा सम्बन्धि राष्ट्रिय स्तरको कनफरेन्स कार्यक्रम गर्ने जस्ता कुराकाे प्रतिबद्धता सहितकाे आफ्ना योजनाहरू समेत राखेका थिए।
    वक्ताहरूले गणित शिक्षालाई आकर्षक र व्यवहारिक बनाउन शिक्षक प्रशिक्षण, प्रतियोगिता, र नवीन शैक्षिक प्रविधिको उपयोगमा ध्यान दिनुपर्ने धारणा समेत राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट