कार्तिक २६, २०८१ र प्रभातराज पाण्डे
नेपालमा राजनीतिक परिवर्तनको लहरको शुरुवात मंसीर महिनाबाटै हुने गरेको छ । चाहे त्यो २०४६ सालमा आन्दोलन शुरु गर्ने चाक्सीबारीको शंखघोष होस् वा दिल्लीमा २०६२/६३ को जनआन्दोलनका लागि भएको १२ बुँदे सम्झौताका रुपमा आएको होस् । र, केही दिन अघि पनि केही सामाजिक अभियन्ताहरुद्वारा आह्वान गरिएको वर्तमान व्यवस्थाविरोधी आन्दोलनको नै किन नहोस्–शुरुवात भने मंसिर महिना मै भयो ।
विगतका मंसिरले मुलुकलाई प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म कोरल्यो । तर, यसपालिको मंसिरले मुलुकलाई फेरि राजतन्त्रमा डोर्याउने उद्घोष गर्दा आम चासो भने बढ्यो । माओबादी, एमाले हुँदै राजतन्त्रको वकालत गर्न आइपुगेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का अभियानी मेडिकल व्यवसायीसमेत रहेका दुर्गाप्रसाद प्रसाई सहित संस्थापना नै राजतन्त्र र हिन्दूराष्ट्र समर्थनका लागि भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एवम् विभिन्न हिन्दुवादी संघ–संगठनहरु आ–आफ्नो तवरबाट मंसिर ७ को आन्दोलनमा लागि परे । तर, सो जनआन्दोलनले बृहताकार लिँदै गर्दा पनि, के भएर हो, सेलाएजस्तो प्रतीत हुन पुगेको छ ।
यद्यपि भन्ने पर्दछ– संसारमा सबै आन्दोलन सफल पनि भएका छैनन् । तर, नेपालको प्रायशः आन्दोलनमा आन्तरिक र धेरैजसो बाह्य तत्वहरुले खेल्ने गरेको भनिदै गर्दा यो पछिल्लो आन्दोलनमा पनि त्यस्ता तत्वहरुको स्वार्थ ढिम्किएको नहोला भन्न सकिने आधार छैन ।
आन्दोलनमा संगठित वा स्वतःस्फूर्त जनताको सहभागिता रहने गर्दछ । आन्दोलनले नै राज्य व्यवस्था नै परिवर्तन गरिदिने ह्याउ निर्माण गर्ने गर्दछ, गरेको इतिहास छ । नेपालमा भएका आन्दोलनहरुमा जानी–नजानी जनता विशाल संख्यामा उत्रिने गरेका छन् । तथापि, राजनीतिक दलका धुर्त नेताहरु भने त्यसैलाई आ–आफ्नो सफलता ठागेर मैमत्त हुने गरेका छन् । देशप्रति गद्दारी र जनताप्रति लगातार बेइमानी गर्नेहरुकै कारण अहिले आएर आन्दोलनले ऊर्जा पाएको पनि हो ।
अब प्रश्न उठ्न– के त एउटै उजेण्डा बोकेका राजनीतिक शाक्ति र सामाजिक विसंगति एवम् हरेकखाले वित्तीय अराजकताविरुद्ध अभियानका रुपमा आन्दोलन हेलिरहेका आन्दोलनकारी शक्तिहरु कार्यगत एकतामा उत्रिएलान् रु नत्र भने यस्ता आन्दोलन वा विद्रोह जग हँसाउने फगत एउटा प्रहसनमात्रै सिद्ध हुने छ १ प्रष्ट छ– एकताबिना त उनीहरुको सगोल एजेण्डा धागो छिनेको चंगा बन्ने छ, जस्तोकि अहिले संकेत त्यस्तै देखिँदैछ ।
भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुनतस्करी, सरकारी सम्पत्ति र संसाधनहरुको चरम दोहन लगायत अनेकन् देश–जनतामारा घोटाला प्रकरणबाट वाक्क–दिक्क भएर आक्रोशित बनेका नेपाली जनताले हालका मुख्य दलीय नेतृत्वहरुको विकल्प खोजिरहेको आम आकांक्षा हो । बालेन साह, हर्क साम्पाङ र गोपाल हमालहरु तिनै जन–असन्तुष्टिका उम्दा रोलमोडल हुन् भन्दा अतिशयोक्ति पनि नहोला ।
जे–जसो भइरहे पनि केही त इतिहास दोहोरिएको छ । व्यवस्था परिवर्तन होला÷नहोला– अहिले दाबी गर्न नसकिएला । तर, इतिहासमा एकताका पञ्चहरुले एकत्रित भएर बहुदलीय व्यवस्थाको प्रतिकार गरेका थिए भने आज सत्ताधारी एवम् प्रतिपक्षी दलीय मुखियाहरु एकत्रित भएका छन्– वर्तमानमा आफूहरु विरुद्ध उठिरहेको जनक्रोशको प्रतिकार गर्न । भलै अथ्र्याएका चाहिँ छन्– ‘ओकतान्त्रिक गणतन्त्रविरुद्धको चलखेल’ भनेर – शायद सरकारी बल प्रयोग गरेर प्रतिकार गर्न उद्यत भएका-
यस भीरको चिण्डो यता न उताको अवस्थाबाट नेपाल र नेपालीलाई त्राण दिन र भरपर्दो विकल्प बन्ने आधार निर्माण गर्न राष्ट्रवादी र इमानी राजनीतिक–सामाजिक योद्धा नेपालले खोजिरहेको छ । त्यसलाई मध्यनजर गरेर आन्दोलनको बिगुल फुकेर मोर्चा हाँक्न सक्ने शौर्य समयले अब पनि चाँडै कसैलाई प्रदान गर्ला/नगर्ला– अन्योल यही नै कायम छ । जे–जसरी भए पनि हाम्रो मातृभूमि नेपालको चाहिँ हरहालमा जय होस्– कामना भने आम नेपालीको यही नै हो ।
प्रतिक्रिया दिनुहोस