आज: २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

जनताको आक्रोश सहि


  • आक्रमण न्युज
  • २०८३ श्रावण २४, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ५५ पाठक संख्या
  • तातोपन असन्तोष, आक्रोश र असफलताको परिणाम नै मूल समस्या यही हो र आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति नै राजनिति हो । दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो ।

    जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन हो ! बालेन्द्र शाह को उदय आक्रोशको परिणाम हो, व्यवस्थाको उपज होइन ! उनि व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन,यही कारण उनि लोकप्रिय छन् र जोखिमपूर्ण पनि छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । बालेन्द्र साह ले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले देशमा नयाँ ऊर्जा दिएको छ। देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो ।

    नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ । हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा बालेन्द्र शाह सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । बालेन्द्र शाहको सम्भावित उदयले यही कुरा जन्माएको छ ,यो उदय कुनै सत्ता–लोभ का लागि होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको लागि हो । अधिनायकवाद कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ ।

    जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ ! अलग-अलग राजनीतिक यात्राबाट आएका भए पनि कम्युनिस्ट आन्दोलनको साझा आधार स्पष्ट छ– राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित । तर, विगतका वर्षहरूमा यी शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसेकै परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो !

    देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको खाचो छ ! संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! आउदा दिनमा संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र जिम्मेवारी देखाउनु मुलुक र जनताका लागि जरुरि भै सकेको छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट