आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अनित्यताको अनुभुति गर्न विपश्यना


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३१८ पाठक संख्या
  • सबैको सुपरिवेक्षण र मार्गदर्शन गरिरहनु भएको थियो । आवश्यक पर्दा उहाँहरू सँग भने ध्यान अभ्यासकै सम्बन्धमा भने कुरा गर्न मिल्थ्यो । त्यो बेलाको धर्मकक्ष भिन्दै थियो । एकातिर महिला र अर्कोतिर पुरुष साधकहरू बस्थे । भेट्न पाइँदैनथ्यो १० दिनसम्म पुरुष साधकहरूको बस्ने–खाने ठाउँ र बाटो नै भिन्दै हुन्थ्यो । मैले विपश्यना जाने पहिलो अवसर छोराको करले पाएँ । पछि पछि भने स्वेच्छाले गएँ । पहिलोपल्टको अनुभव बिर्सिन सक्दिनँ । जे जति अनित्यबोध भयो, पहिले कहिल्यै भएको थिएन । मन अलि बढी नै संवेदनशील भएको बेला भएर पनि होला, प्रत्येक पटकको ध्यानमा गुरुले दिने अनित्यताको पाठले मन छुन्थ्यो । अनित्य, अनित्य, अनित्य … सबैकुरा अनित्य ! विभिन्न तहका सत्तामा बस्नेहरूले यो संसार र सत्ता मेरै मात्र हो र यो स्थिर छ वा स्थिर रहनुपर्छ भन्ने ठान्छन् । आफै मात्र कसरी शक्तिशाली र धनी भइरहने भनेर सोच्नेहरू धेरै हुन्छन् । तर जीवनकै कुनै भरोसा छैन । एकदिन खाली हात जानुपर्छ भनेरसमेत सोच्न भ्याएका हुँदैनन् धेरैले । संसारमा दुःख त छ नै । राजकुमार सिद्धार्थले त्यत्तिकै बहुलाएर राजकाज त्याग गरेका थिएनन् । प्रज्ञा र सत्यको खोजमा त्यसै हिंडेका थिएनन् । मान्छे बुढो हुँदै जानुपर्ने, शरीर एकनाश नरहने, बिरामी हुनुपर्ने र एकदिन मर्नु पनि पर्ने ‘जन्म मृत्यु जरा व्याधि’ जस्ता कुराले अनित्यताको पहिलो दर्शन गराएको हुनसक्छ । तर बुद्धत्व प्राप्त गरुञ्जेलसम्ममा अनित्यताका अनेक सूक्ष्म पक्षको पनि ज्ञान प्राप्त गरिसक्नुभएको थियो भगवान बुद्धले । सबै प्राणीको हितको निम्ति भनेर कठोर तपस्या र विपश्यनाबाट प्राप्त प्रज्ञाको बाटो चार दशक देखाइरहनु भयो शास्ताले । बुद्ध पूर्णिमाकै दिन जन्मनु भएका सिध्दार्थ यही दिन बुद्धत्व प्राप्त गरेर ४५ वर्षसम्म आफूले प्राप्त गरेको ज्ञान बाँड्दै ८० वर्षको उमेरमा महाप्रस्थान गर्नुभयो । संसारको भवचक्रबाट मुक्त हुनुभयो । विपश्यनाले शरीर मन दुबै क्षण प्रतिक्षण कसरी परिवर्तित भइरहेको छ, कसरी केही पनि शाश्वत र पूर्ण स्वतन्त्र छैनन्, हरेक वस्तु र घटना कसरी अन्तरनिर्भरतामा रहेका हुन्छन्, कुनैपनि कुरा पूर्णतया सन्तोषजनक किन हुँदैन जस्ता सत्य बोध हुँदै जाने रहेछन् । त्रिलक्षण– अनित्य, अनात्म र दुःख सत्यको प्रत्यक्ष बोध अनुभूतिकै तहमा गर्ने बाटोमा विपश्यनाले लैजाने रहेछ । बौद्धिक तहमा केही बुझे पनि अनुभूतिकै तहमा यो सत्यलाई उतार्न निरन्तर अभ्यास र साधना गरिरहनुपर्ने रहेछ । कुनै कुनै बेला केही क्षण ‘शून्यता’को अनुभव पनि हुँदोरहेछ कसैकसैलाई । तर यी त्रिलक्षणलाई स्पष्ट ‘देख्दै’ चित्त शुद्ध पार्दै अघि बढ्न र अमूल्य मानव जीवनको महत्व बुझ्नका निम्ति प्रज्ञा, शील, समाधिको निरन्तर अभ्यास नभइ नहुने रहेछ । विपश्यना ध्यानको अनुभूति सबैलाई एकैकिसिमको हुन्छ भन्ने छैन र सधैँ उस्तै हुन्छ भन्ने पनि छैन । साधकहरूको स्वभाव र संस्कारमा धेरै कुरा भरपर्छ । यो लेखेर वा बोलेर शब्दमा अटाउने कुरा पनि होइन रहेछ । तर विपश्यनामा बसुञ्जेल कम्तिमा १० दिनका निम्ति पञ्चशीलको पालना गर्दा मात्रै पनि जीवनमा राग द्वेष जस्ता क्लेषहरू कसरी मनमा आउने रहेछन् भन्ने कुरा थाहा पाइन्छ । सबैको कल्याणको कामना गर्ने चाहना जाग्ने रहेछ । सबैको मंगल होस् !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट